करोडौं ठगीका नटरवाल भेटवालले गरे आत्मसमर्पण

करोडौं ठगीका नटरवाल भेटवालले गरे आत्मसमर्पण

काठमाडौं : ठगीका नटरवाल जलेश्वर सोछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले आत्मसमर्पण गरेका छन्। मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर उनले आत्मसमर्पण गरेका हुन्।

भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए। काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए।  उनी मंगलबार बिहान भारतबाट आएर प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

डीएसपी बोगटीका अनुसार भेटवालमाथि अहिलेसम्म ७५ लाख १० हजार ठगी गरेको चन्द्र सिंह धामीले उजुरी गरेका छन्। तर उनले करोडौं ठगेको आशंका गरिएका छ। उनीविरुद्द सिआईबिमा समेत ठगिको जाहेरी परेको छ।

बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर आजै अदालतमा म्यादथप्ने तयारी गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.