मास्क उत्पादन गर्दै महानगर

मास्क उत्पादन गर्दै महानगर

ललितपुर : ललितपुर महानगरपालिकाले अब आफैं मास्क उत्पादन गर्ने भएको छ। सामाजिक विकास तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार महानगरका २९ वटै वडामा सिलाइबुनाइ तालिम लिएर बसेका महिलाले मास्क सिलाउने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

उनले भने, ‘जुन ठाउँमा धेरै आवश्यक पर्छ, त्यहाँ मास्क सिलाउन प्राथमिकता दिइनेछ।’ मास्कका लागि उत्तम खालको कटनको कपडा महानगरले उपलब्ध गराउनेछ। महानगरले आफ्ना नागरिकलाई कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सतर्कता अपनाउन पनि अपिल गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.