मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावले मंगलबार देशभर आंशिक बदली रही पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार पश्चिमी वायुको प्रभावले अपरान्हपछि पूर्वी तथा मध्य पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

उक्त प्रणाली पश्चिमी भू-भागबाट प्रवेश गरेकाले यसको प्रभाव पश्चिमी भेगमा बढी पर्ने बताइएको छ ।बासीका अनुसार बुधबारदेखि पश्चिमी भू-भागमा पश्चिमी वायु बढी सक्रिय हुनेछ। हाल देशका केही पश्चिमी भू-भागलगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंसिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिमी तथा मध्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

बिहीबार देशभर आंशिक बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम ताफक्रम ११ दशमलव नौ डिग्री र अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा धेरै धनगढी अधिकतम तापक्रम २८ दशकलव सात डिग्री सेल्सियस रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.