प्रसारण लाइन नबन्दा ३६ मेगावाट खेर

प्रसारण लाइन नबन्दा ३६ मेगावाट खेर

दोलखा : ०७७ साल वैशाखमा दोलखाका दुई आयोजनाबाट ३६ मेगावाट विद्युत् उत्पादन हुँदैछ। ९९ प्रतिशत निर्माण सकिएको सिंगटीखोलाबाट २५ र ९८ प्रतिशत बनिसकेको तल्लो खारेखोलाबाट ११ गरी वैशाखमा ३६ मेगावाट बिजुली उत्पादन हुनै लाग्दा प्रसारण लाइन निर्माणमा भएको ढिलाइले सबै खेर जाने भएको छ।

नेपाल विद्युत् प्राधिकरणको सुपर–६ आयोजनाअन्तर्गत २५ मेगावाटको सिंगटीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ। बाँध, डिस्यान्डर, सुरुङ, पेनस्टक पाइपको सफल परीक्षण गरिसकेको सिंगटीखोलाले वैशाख पहिलो साताबाट विद्युत् उत्पादन गर्ने तयारी गरेको छ। क्षमता थपेर ११ मेगावाट पुर्‍याएको गौरीशंकर गाउँपालिका–५ सुरीदोभानस्थित तल्लो खारेखोलाले पनि वैशाख अन्त्यसम्ममा विद्युत् उत्पादन गर्ने निश्चित भएको छ।

०६६ कात्तिकमा सुरु सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन निर्माणले गति नलिँदा दुवै आयोजनाबाट उत्पादन हुने ३६ मेगावाट खेर जाने देखिएको छ। विद्युत्गृहमा मेसिन जडान अन्तिम चरणमा रहेको सिंगटीखोला आयोजना प्रमुख मनहरि सापकोटाले भने, ‘वैशाख पहिलोसातासम्म परीक्षण उत्पादन गर्छौं तर प्रसारण लाइन निर्माण नहुन्जेल विद्युत् खेर जाने निश्चित छ।’ निजी क्षेत्रका लगानीकर्ता जोगाउने हो भने सबैले पहल गरेर प्रसारण लाइन छिटो बनाउन जोड दिनु पर्ने उनको भनाइ छ।

सिंगटी–लामोसाँघु प्रसारण लाइनको कुल १२४ मध्ये भीमेश्वर नगरपालिका–८ र ९ मा पर्ने ७ टावर जग्गा विवादले निर्माण थाल्न नसकेको प्रसारण आयोजनाका प्रमुख राजन ढुंगेलले बताए। उनले भने, ‘मुआब्जा विवादका कारण रोकिएको ७ वटा टावरको काम केही महिनामा सुरु हुन्छ।’ प्रसारण लाइन अभावमा ३ वर्षदेखि व्यावसायिक उत्पादन गरिरहेको १० मेगावाटको सिप्रिङखोला आयोजनालाई मिटर रिडिङको आधारमा प्राधिकरणले ४५ प्रतिशत क्षतिपूर्ति तिरिरहेको छ।

हेडवक्र्स, डिस्यान्डर बेसिन, पेनस्टक सबैको परीक्षण गरेर इलेक्ट्रोमेकानिकल परीक्षणको तयारी गरिरहेको तल्लो खारेखोला आयोजना प्रमुख रिकी क्षेत्रीले प्रसारण लाइन नबन्दा आयोजनाबाट उत्पादित बिजुली खेर जाला भनेर आत्तिन थालेको बताए। प्रसारण लाइन नबन्दा उत्पादन सम्झौता नहुने र व्यावसायिक उत्पादन भएको ६ महिनापछि मात्र क्षतिपूर्तिको व्यवस्था भएकाले आत्तिनु परेको उनको भनाइ छ।

सिंगटी र लामोसाँघुमा निर्माण हुनुपर्ने सब–स्टेसन निर्माण पनि अलपत्र छ। समयमै विवाद समाधान भए टावर बनाएर ६ महिनामा सिंगल सर्किटबाट विद्युत् प्रसारण गर्न सकिने आयोजनाले जनाएको छ। साढे १७ करोड लागतको सब–स्टेसन र ४२ करोड लागतको प्रसारण लाइन ०६८ कात्तिकसम्ममै बनिसक्नुपर्ने थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.