अतिप्रभावित मुलुकबाट आयात रोक

अतिप्रभावित मुलुकबाट आयात रोक

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) बाट अतिप्रभावित मुलुकबाट खाद्यान्न र पशुपन्छी वस्तु आयातमा रोक लगाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबारदेखि लागू हुने गरी यो व्यवस्था गरेको हो।

मन्त्रालयले भाइरसको अत्यधिक संक्रमण भएका चीन, दक्षिण कोरिया, इटली, जापान र इरानबाट कुनै पनि प्रकारको पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तु आयात सिफारिस दिने कार्यमा रोक लगाएको छ। अतिप्रभावित यी पाँच मुलुकबाहेक सम्पूर्ण मुलुकबाट पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिसमा मन्त्रालयले रोक लगाएको उपसचिव गंगादत्त आचार्यले जानकारी दिए।

‘कोरोना भाइरसबाट अतिप्रभावित मुलुकबाट यस्ता वस्तु आयात सिफारिस प्रदान गर्ने कार्य तत्कालका लागि स्थगित गरिएको छ’, मन्त्रालयले गरेको व्यवस्थामा भनिएको छ, ‘यसवाहेक समान्य प्रभावित सबै मुलुकबाट कुनै पनि प्रकारको पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिस रोक्का गरिएको छ।’

उपसचिव आचार्यका अनुसार अन्य प्रभावित मुलुकबाट आयात हुने वस्तुको हकमा भने जोखिम अवस्थाको विश्लेषण गरी आवश्यकताका आधारमा क्वारेन्टाइन गरी सुरक्षित भएपछि मात्रै मुलुकभित्र प्रवेश गर्न दिने व्यवस्था गरिएको छ। कोभिड १९ संक्रमित मुलुकबाट आयात इजाजतपत्र नलिइ आयात गरिएका पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको कन्साइनमेन्टलाई नष्ट गर्न मन्त्रालयले निर्देशन दिएको छ।

पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट तथा निसंक्रमणमा प्रयोग हुने भिर्कोनलगायत स्पे्रयरको व्यवस्थापन पशु सेवा विभागबाट व्यवस्था मिलाइएको छ। आचार्यका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य स्थानमा रहेका क्वारेन्टाइन चेक पोस्टलाई विशेष निगरानी गर्न र भन्सार तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न निर्देशन दिइएको छ। काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौं, भैरहवा, नेपालगञ्ज र गड्डाचौकी गरी ८ वटा क्वारेन्टाइन कार्यालय छन्। नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रसँग जोडिएका पशुपतिनगर, भद्रपुर, काँकडभिट्टा, गौरिगञ्ज, रानी, भण्टाबारी, माडर, जटही, भिट्टामोड, मलंगवा, औरया, सिरसिया, मटिहर्वा, तातोपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टिमुरे–रसुवागढी, महेरापुर, वेलहिया, कृष्णनगर, नेपालगञ्ज, गड्डाचौकी, दार्चुला, बेलौरी तथा आन्तरिक चेकपोष्ट पथलैया, नागढुंगा र रामनगरमा पत्राचार गरी आयातमा कडाइ गर्न निर्देशन दिइएको छ। यस्तै झापा, विराटनगर, महोत्तरी, वीरगञ्ज, तातोपानी, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गड्डाचौकी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खाद्य क्वारेन्टाइन चेकपोस्टलाई पनि पत्राचार गरी आयातमा कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.