लागुऔषधसहित युवती पक्राउ

लागुऔषधसहित युवती पक्राउ

कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषधसहित स्थानीय १९ वर्षीया युवती पक्राउ गरेको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका २ निवासी अन्जु बिष्टलाई मंगलबार राती प्रहरीको टोलीले लागुऔषध सेवन गरेको अवस्थामा  पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्क्षराज जोसीले लागुऔषधविरुद्ध कालिकोट प्रहरीले थालेको अभियानअन्तरगत गस्तीमा गएको टोलीले जिल्ला सदरमुकाम मान्म बजारस्थित नेपाल रेडक्रस सोसाइटीको भवन नजिकै लागुऔषध सेवन गरेको अवस्थामा बिष्टलाई पक्राउ गरिएको जानकारी दिए । 

अन्जुको कोठाबाट लागुऔषध पनि बरामत गरेको छ। अन्जुको कोठाबाट ब्राउन सुगर ४ ग्राम, स्पासप्राक्स ५ थान, नाइट्रोभेट ६ थान, ट्रामओभल ४ थान, हेलोभी १ थान, आयुवेर्दको धुलो जस्तो पाउडर ३ पोका, लाइटर ७ थान, एक सय रुपैयाँको रोल २ थान, दश रुपैयाँको रोल एक थान बरामत गरेको छ । अन्जुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.