भारतको लखनउमा पनि फेला परे कोरोना संक्रमित

भारतको लखनउमा पनि फेला परे कोरोना संक्रमित

भैरहवा : रुपन्देहीको सीमानासँग जोडिएको भारतको उत्तर प्रदेशको राजधानी लखनउमा पनि कोरोना संक्रमित फेला परेका छन् । भारतमा बिहीबार बिहानसम्म संक्रमितको संख्या ७३ पुगिसकेको छ । ३० हजार बढी शंकास्पद रहेकाले उनीहरुलाई चिकित्सकीय निगरानीमा राखिएको छ । नेपाली सीमानाबाट लखनउको नजिक छ । जुन रुपन्देहीको सीमानाबाट तीन सय २२ किलोमिटरको दूरीमा छ । 

क्यानडाबाट लखनउमा आफन्त भेट्न आएकी एक महिला चिकित्सकमा कोरोना भाइरसको पुष्टि भएको भारतीय संचारमाध्यम हिन्दुस्तान पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।

अनलाइन संस्करणका अनुसार क्यानडाको टोरन्टो सहरकी महिला चिकित्सक श्रीमानसहित आइतबार लखनउको गोमतीनगरमा आफन्त भेट्न आएकी थिइन् । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा उनमा भाइरस संक्रमणको पुष्टि भएको हो । श्रीमानको पनि स्वास्थ्य परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएन।

ती महिला संक्रमित मुम्बइ हुँदै लखनउ आएकोले उनले भेटघाट गरेको अन्य व्यक्तिसँग पनि सोधपुछ र आवश्यक परे सम्बन्धित व्यक्तिको पनि स्वास्थ्य परीक्षण गरिने बताइएको छ ।

यससँगै वीरगंजको सीमाना जोडिएको भारतको बिहार प्रदेशमा पनि ५ जना कोरोना भाइरस शंकास्पद बिरामी फेला परेका छन् । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको हिन्दुस्तानको अनलाइन संस्करणमा उल्लेख छ । अस्पतालमा भर्ना गरिएको मध्ये पटनाका दुईजना, फोरबेसगंज, औरगांबाद, समस्तीपुरका एक÷एक जना रहेका छन् ।

विरंगजको सीमानादेखि यी स्थानहरु २ सय देखि ३ सय किलोमिटरको दूरीमा छन् । खुल्ला सीमाना र विभिन्न नाका रहेपनि रुपन्देहीको एक मात्र नाकामा तेस्रो मुलुककालाई मात्र काम चलाउ स्वास्य परीक्षण गर्दा नेपाल भाइरसको उच्च जोखिममा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.