फोहोरले भैरहवा बजार दुर्गन्धित

फोहोरले भैरहवा बजार दुर्गन्धित

भैरहवा : शान्तिका आग्रदूत गौतम बुद्ध जन्मस्थलको प्रवेशद्वार भैरहवा सहरको फोहोर नउठ्दा बजार दुर्गन्धित भएको छ । स्थानीय सिद्धार्थनगर नगरपालिकाले सहरको फोहोर वडा नम्बर एक र दुईको सीमाना (पक्लिहावा क्षेत्र) मा वर्षौदेखि डण्डा नदी किनारमा फ्याक्दै आएको फोहोर स्थानीयले रोक लगाएपछि नगरपालिकाले बजारबाट फोहोर नउठाएको हो । 

नगरपालिकामा १३ वटा वडा छन् । जहाँबाट दैनिक ३० टन फोहोर निस्किन्छ ।फोहोरको दुर्गन्धले त्यस क्षेत्रमा बस्न र वरपरी हिडडुल गर्न पनि समस्या भएपछि बुधबार सहरबाट संकलन गरेर लगिएका ८ ट्याक्टर फोहोर स्थानीयले फर्काइ दिएका थिए । 

उक्त ट्याक्टर नगरपालिकाको परियोजना कार्यालय परिसरमा राखिएको छ । अस्थायीरुपमा त्यहाँ फोहर फ्याक्दै आएपनि त्यसलाई नष्ट गर्नेतर्फ नगरपालिकाले कुनै चासो देखाएको थिएन् । फोहोरले स्थानीय बासिन्दादेखि नजिकै रहेको सस्शत्र प्रहरी कार्यालयका कर्मचारी, पक्लिहवा कृषि क्याम्पसका विद्यार्थी लगायत सबै पीडित भएका थिए । फोहोरको व्यवस्थापनका लागि स्थानीयले पटकपटक नगरपालिकालाई अनुरोध गर्दै आएका थिए । तर, नगरपालिकाले कुनै सुनुवाई गर्दा बाध्यतापूर्वक यो कदम उठाउनु परेको स्थानीयको भनाइ छ । 

'नगरपालिकाले नगरभरीको फोहोर ल्याएर जम्मा गर्दा गन्ह आएर हामीलाई हिडडुल गर्न समेत समस्या परेको छ,' स्थानीयले भने, 'स -साना बालबालिका बिरामी पर्नुका साथै सबैलाई स्वास्थ्य जोखिम समेत बढ्दै गएको छ ।'

बुधबारको संकलन गरिएको फोहोरको ट्याक्टर नगरपालिकामा । तस्बिर : सलमान खान 

नगरपालिकाले नगरभरीको फोहोर फ्याक्नका लागि वैकल्पिक उपाय खोज्नुपर्ने उनीहरुको भनाइ छ । नगरपालिकाले वैकल्पिक उपायका लागि ओमसतिया गाउँपालिकामा फोहोरमैला प्रसोधन केन्द्र स्थापना गर्न खोजेपनि विभिन्न विवादका कारण प्रसोधन केन्द्रस्थापना हुनबाट रोकिएको छ ।

बिहीबारको फोहोर पनि उठ्न सकेको छैन । घाम चर्किदै गएसँगै सडकमा फोहोरको दुर्गन्ध बढ्दै जान्छ। 'नगरपालिकाले फोहोर नउठाउँदा गन्याएर बसिसक्नु छैन,' बजारमा किराना पसल व्यवसायी गरेकी सरस्वती आचार्यले भनिन्, ,'जे समस्या भएपनि नगरपालिकाले समाधान गरेर छिटो फोहोर उठाउनु पर्छ। हामीलाई दुर्गन्धमा बस्न बाध्य बनाउनु भएन ।'

स्थानीयको अवरोधका कारण बुधवार संकलन गरिएको फोहोर फ्याक्न नसकिएको र बिहीबारको फोहोर सडकबाट उठाउन नसकिएको सिद्धार्थनगर नगरपालिकाका सरसफाइ शाखाका प्रमुख केशव पौडेलले बताए । उनले समस्या समाधानका लागि प्रयास भइरहेको बताए ।

फोहोरको थुप्रो अगाडि नाक थुनेर सडकमा हिँड्दै गरेका पैदलयात्रु।  तस्बिर : सलमान खान


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.