लमजुङमा एक बेडको आइसोलेसन कक्ष

लमजुङमा एक बेडको आइसोलेसन कक्ष

बेंसीसहर : कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि सदरमुकाम बेसींसहरमा एक बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको छ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा एक बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको हो । कोठा तयार पारिए पनि आवश्यक स्वास्थ्य सामग्री नभएको अस्पतालले जनाएको छ । 'तत्कालका लागि एउटा बेड अट्ने कोठा तयार गरेका छौं, अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले भने, 'कोरोना संक्रमित कोही देखिएमा तत्काल यहाँ ल्याएर परामर्श गछौं, यहाँ कुनै उपचार हुँदैन दौडाइहाल्ने हो ।'

स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका नेता भने एक बेडको आइलोसेन कक्ष पर्याप्त नहुने बताउँछन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कोरोना सम्बन्धी बहुपक्षीय भेलामा सेहभागी जनप्रतिनिधि, दलका नेता, सुरक्षा निकाय तथा सरोकारवालाले छुट्टै स्थानमा आइसोसेलन कक्ष तथा क्वारेनटाइन स्थलको व्यवस्था गरेर तयारी अवस्थामा रहनुपर्ने धारणा राखे ।

 
'चाइनामा संक्रमित संख्या घटेपनि खुला नाका भएकाले भारत हाम्रो लागि जोखिम छ, 'मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेले भने, 'सबै स्थानीय तहले पैसा उठाएर तयारी राम्रो गरौं ।'

कम्तिमा सयजना अट्ने क्वारेनटाइन र २०/२५ क्षमताको आइसोलन कक्ष बनाउनुपर्ने उनको जोड थियो । होली मनाउन आफ्नो देश गएका भारतीय फर्किदा जोखिम बढ्ने भएकाले त्यसतर्फ गम्भीर हुनुपर्ने जनप्रतिनिधिको धारणा थियो ।

प्रशासनमा भएको बहुपक्षीय भेलाले भने यसअघि प्रशासनले निकालेको विज्ञप्तिको भाषामा केही थपघट गरेर चारवटा निर्णय गर्‍यो ।  प्रशासनले यसअघि विज्ञप्ति प्रकाशित गरी ठूलो भीडभाड, जमघट, मेला महोत्सवजस्ता कार्य नगर्न गरेको आग्रहलाई लत्याइएकोमा सहभागीले चिन्ता व्यक्त गरेका थिए । 'हामीले आग्रह मात्र गर्न सक्छौं, हस्तक्षेप गर्ने अवस्थामा सरकार पुगेको छैन, प्रमुख जिल्ला अधिकारी लक्षमणबहादुर खड्काले भने, 'मेला महोत्सव रोक्न फेरी पनि आग्रह गरेका छौं ।' प्रशासनले आग्रह गरेपनि सदरमुकाम बेंसीसहर र सुन्दरबजारमा महोत्सव सञ्चालनमा छन्।

प्रशासनले कोरोना भाइरस सम्भावित संक्रमण रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन सबै कार्यालय, संघसंस्था, स्थानीय तह, पत्रकार, नागरीक समाजमा आग्रह गरेको छ । यस्तै स्वास्थ्यकर्मीलाई तयारी अबस्थामा रहन समेत आग्रह गरिएको छ । 

कोरोनाको सम्भावित जोखिमको बहानामा हुनसक्ने कालोबजारी, कृतिम अभाव हुन नदिन नियमति बजार अनुगमनको ब्यबस्था मिलाउन स्थानीय तहलाई आग्रह गरिएको छ । बजारमा कृतिम अभाव सृजना गरि कालोबजारी गरिएको पाइएमा तत्काल कारबाही गरिने प्रजिअ खड्काले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.