मनाङ मर्स्याङदी फाइनलमा

मनाङ मर्स्याङदी फाइनलमा

पोखरा : मनाङ मर्स्याङदी क्लब १८औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीबार भएको सेमिफाइनलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई ३—२ गोलले हरायो। मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अञ्जन विष्टले गोल गरे। आर्मीका भरत खवास र दीपकुमार लामाले गोल गरेका थिए।

खेलको चौथो मिनेटमै फ्लोरेन्टले गोल गर्दै मनाङलाई अग्रता दिलाए। अञ्जन विष्टले डीबक्समा मिलाइदिएको पासलाई उनले गोलमा परिणत गरेका थिए। २९औं मिनेटमा विमल रानाले अर्को गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए। उनले अञ्जन विष्टको पासमा गोल गरेका थिए। ४१औं मिनेटमा आर्मीले एक गोल फर्कायो। नवयुग श्रेष्ठले दिएको पासलाई भरत खवासले हेडमार्फत गोल गरेका थिए।

मनाङले ८१औं मिनेटमा अर्को गोल थप्यो। मैदानको मध्यभाग नजिकैबाट एक्लै बल लिएर पोस्टतर्फ अगाडि बढेका अञ्जन विष्टले आर्मीका गोलरक्षक बिट भएको अवस्थामा जाली चुमाएका थिए। ८३औं मिनेटमा आर्मीले अर्को फर्कायो। दीपकुमार लामाले डीबक्समा खोसाखोसको स्थितिमा पाएको बलमा गोल गरेका थिए।

यसअघि मनाङले केही राम्रा अवसर गुमाएको थियो। १९औं मिनेटमा अञ्जन विष्टको सशक्त प्रहार पोस्ट छेउबाट बाहिरियो। २४औं मिनेटमा दयानन्द सिंह पोस्ट नजिक चुकेका थिए। ४५औं मिनेटमा विमल रानाको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो।

यसैगरी आर्मीका भरत खवास, नवयुग श्रेष्ठ, दीपकुमार लामाले पनि लगातार पाएको थप अवसर सदुपयोग गर्न नसक्दा टोलीले हार खेप्न बाध्य बन्यो। खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले सुरुदेखि नै रक्षापंक्ति कमजोरी हुँदा हार खाएको बताए। साबिक उपविजेता आर्मीले अहिलेसम्म आहा रारा गोल्ड कपको उपाधि जित्न सकेको छैन। आहा रारामा नौ पटक फाइनल पुगेर पाँच पटक उपाधि जितेको मनाङको भेट फाइनलमा नेपाल पुलिस क्लबसँग हुनेछ। क्याराभान गोल्डकपसहित ६ पटक आहा रारा गोल्ड कप उचालेको पुलिस र मनाङबीच खेल शनिबार हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.