अस्पतालको बदमासी : बिरामी बनाउँदै, उपचार गर्दै

अस्पतालको बदमासी : बिरामी बनाउँदै, उपचार गर्दै

घटना १
पाँचथर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मित्रप्रसाद काफ्लेलाई भदौ ६ गते ज्वरो आयो । फिदिमस्थित समर्पित अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा डेंगु संक्रमण भएको देखियो । त्यसप्रति विश्वास नभएपछि उनी जिल्ला अस्पताल गए । पुनः स्वास्थ्य परीक्षण गराउँदा डेंगु नभएको पुष्टि भयो । समर्पितका प्रबन्ध निर्देशक राजेन्द्र कार्कीले काफ्लेलाई बोलाएर किटले धोका दिएको बताएका थिए ।

घटना २

फिदिम नगरपालिका–१ का रोशन श्रेष्ठलाई साउन ८ गते ज्वरो आयो । उनलाई पनि डेंगु लागेको समर्पित अस्पतालले जनायो । समर्पितको स्वास्थ्य रिपोर्टप्रति विश्वास नलागेपछि श्रेष्ठ पनि अर्को अस्पताल गए । त्यहाँ उनलाई डेंगु नभएको पुष्टि भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार समर्पितले ५८ जनामा डेंगु संक्रमण भएको जनाएको थियो । तर, त्यहाँ स्वास्थ्य परीक्षण गराएका कुनै पनि बिरामीलाई अन्य अस्पतालमा जचाउँदा संक्रमण नभएको पाइएको थियो । उसले स्वास्थ्य परीक्षणबापत ८ सयदेखि हजार रुपैयाँसम्म असुलेको थियो ।

‘समर्पित अस्पतालले उपचार गर्न आएका सबै बिरामीलाई डेंगु लागेको भनेर अफवाह फैलायो’, स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा टेक्निसियन निरीक्षक तेजबहादुर तुम्बापोले भने, ‘समर्पितले अफवाह फैलाएर डेंगु परीक्षण भन्दै ज्वरोका बिरामीबाट चर्को शुल्क लिएको छ ।’

अस्पतालले गत पुस २६ गते दलित युवतीको पेटमा हुर्किएको २१ साताको शिशु फाल्यो । सूचीकृत स्वास्थ्य संस्था र चिकित्सकले मात्र गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ । समर्पितले गैरकानुनी रूपमा गर्भपतन गरायो ।

‘गर्भपतन गराए पनि गर्भपतनको डकुमेन्ट बनाउँदैनौं’, प्रबन्धक कार्कीले भने, ‘अन्यत्र गर्भपतन गराएका महिलाको गर्भ सफा गरेको डकुमेन्ट बनाउँछौं ।’ अस्पतालले गैरकानुनी काम नगरेको दाबी उनले गरे । ‘हामीले गर्भपतन गराएको हैन’, उनले भने, ‘महिलाको ज्यान बचाउन इमर्जेन्सी केसका लागि काम गर्ने गरेको हो ।’ उनका अनुसार पहाडका अधिकांश अस्पताल मापदण्ड पूरा नगरी सञ्चालित छन् । ‘सबै मापदण्ड पूरा गर्न सकिँदैन’, उनले भने ।

अस्पतालको बदमासी सार्वजनिक भए पनि नियामक निकायले कारबाही गरेको छैन । ‘अस्पतालको बदमासी देखिएको छ’, प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले भने, ‘प्रशासनले यसमा केही गर्ने अवस्था छैन । हामीसँग कारबाही गर्ने अधिकार छैन ।’

नियामक निकाय फिदिम नगरपालिकाले भने कारबाही गर्न तत्परता देखाएको छैन । स्थानीय सरकारसँग अस्पताल दर्ता, अनुगमन र खारेजी गर्ने अधिकार छ । अधिकार क्षेत्रबारे दोधार भएकाले अस्पतालको अनुगमन नगरिएको मेयर ओनाहाङ नेम्बाङले बताए । ‘हामी अब अस्पतालको बदमासी हेरेर बस्दैनौं’, उनले भने, ‘अस्पतालको अनुगमन गर्न, बदमासी भेटिए कारबाही गर्न नगरपालिका पछि हट्दैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.