सयौँ जन्मदिवस जेलमा मनाउने वृद्धा

सयौँ जन्मदिवस जेलमा मनाउने वृद्धा

अमेरिकाको नर्थ क्यारोलिना राज्यमा एक जना महिला गत बिहीबार सय वर्ष लागिन्। सय वर्ष बाँच्नेको जन्मदिवस भव्य हुनुपर्ने हो तर उनलाई प्रहरीले गिरफ्तार गर्‍यो र जेल पुर्‍यायो। 

रक्सबोरो शहरकी बासिन्दा रुथ ब्रायन्टले जिन्दगीमा जेलै पर्नुपर्ने खालको अपराध गरेकी थिइनन्। सय वर्ष पुग्नु कुनै कसुर पनि त थिएन। त्यसो भए किन प्रहरीले ज्यादती गर्‍यो त ? 

खासमा प्रहरीले रुथकै इच्छा पूरा गरिदिएको थियो। उनी जिन्दगीमा एकपल्ट जेल जान चाहन्थिन्। क्याम्ब्रिज हिल वृद्धाश्रममा बस्ने उनले त्यहाँका कर्मचारीलाई आफ्नो सयौँ जन्मदिवसमा जेल जान चाहेको इच्छा व्यक्त गरेकी थिइन्। प्रहरी र वृद्धाश्रमका कर्मचारीले उनको इच्छा पूरा गरिदिएका थिए। 

गत बिहीबार वृद्धाश्रममा केक काट्ने तयारी हुँदै थियो। ठीक त्यही बेला प्रहरी आयो र रुथलाई सोध्यो, ‘तपाईं रुथ ब्रायन्ट हो ?’ उनले ‘हो’ भनेपछि प्रहरीहरूले उनलाई ‘हामी तपाईंलाई अभद्र व्यवहार प्रदर्शन गरेबापत गिरफ्तार गर्न आएका हौँ’ भने र उनलाई गाडीमा कोचे। गाडीमा चढ्दै गर्दा रुथले विरोध गरेजस्तो गरेर एक जना प्रहरीको घुँडामा लात्ती हानिन्। उनले ‘मलाई नहान्नुस्, मेरो एउटा घुँडा दुखिरहेको छ’ भने। रुथले जवाफमा भनिन्, ‘तिम्रो एउटा घुँडा खराब छ, मेरो त दुइटै खराब छ।’ 

त्यसपछि रुथलाई जेलमा पुर्‍याइयो। कैदी बस्ने कोठामा उनी चारपाँच मिनेट टहलिन्। कैदीले लगाउने सुन्तला रङको पहिरन लगाएर फोटो पनि खिचाइन्। जेल बस्ने धोको पुर्‍याइदिएपछि प्रहरीले उनलाई वृद्धाश्रममा पुर्‍याइदियो। अत्यन्त हर्षित रुथले त्यसपछि सयौँ जन्मदिवसको केक काटिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.