‘डार्क सर्कल’ बस्ने कारण
–शरीरमा आइरनको कमी भयो भने आँखामुनि कालो घेरा देखिन्छ। आइरन कम हुँदा कोशिकाले पर्याप्त अक्सिजन पाउँदैनन्। एनिमियापीडित र आइरनको अत्यधिक कमी भएका महिलाका आँखा वरिपरिको छाला मृतप्रायः देखिन्छ। आइरनका लागि पालंगो, दाल, गेडागुडीलगायत खानुपर्छ।
–आँखामुनि कालो घेरा देखिनुको एक कारण भिटामिन ‘सी’को कमी पनि हो। यसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ। यसका लागि कागती, सुन्तलालगायत खान सकिन्छ।
–भिटामिन ‘ए’ ले छालामा एन्टी अक्सिडेन्टको काम गर्छ। छाला चाउरिनबाट जोगाउँछ। आँखामुनि देखापर्ने कालो घेराबाट राहत दिन्छ। गाजर, ब्रोकाउली, पेस्ता, आँप आदि भिटामिन ‘ए’ का स्रोत हुन्।
–छालाको सुरक्षाका लागि भिटामिन ‘के’ को कमी हुन दिनु हुँदैन। यस भिटामिनको काम आँखामुनि कालो घेरा पर्न नदिनु हो। खानामा हरियो सागपात, काउली, ब्रोकाउली, बन्दा, माछालगायत खानेकुरा खानुपर्छ।
–डार्क सर्कलका लागि भिटामिन ‘ई’ को कमी पनि जिम्मेवार छ। यस भिटामिनको कमीले छाला निष्प्राण देखिन्छ। छालालाई स्वस्थ र चम्किलो राख्न बदाम, एभोकाडो, किवी, जैतुन तेल, ट्राउट माछा खानुपर्छ।