पर्यटक बढाउन होमस्टे

पर्यटक बढाउन होमस्टे

कालिकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा आन्तरिक र बाह्य पर्यटक बढाउन होमस्टे सञ्चालन गरिएको छ। जिल्लामा पर्यटन प्रबद्र्धन गर्न सामुदायिक होमस्टे सञ्चालन गरिएको हो।

होमस्टेमा आउने पर्यटकलाई अर्गानिक खानेकुरा खुवाउने तयारी छ। स्थानीय खष कला संस्कृति प्रस्तुत गर्नुका साथै पर्यटकीय स्थलको अवलोकन गराउने गरी प्रबन्ध मिलाइएको त्रिवेणी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मनराज सिम्खाडाले बताए। गाउँपालिकाको पहलमा विभिन्न वडाका १३ वटा घरधुरीलाई समेटेर होमस्टे चलाइएको हो। यहाँ आउने पर्यटकले परम्परागत खरको छाना भएका घरमा बसेर मार्सी धानको खिर, मकैको ढिडो, रोडी, भंैसीको दही, दूध, अर्गानिक तरकारी तथा फलफूलका परिकार खान पाउने व्यवस्था मिलाएको छ। यहाँ आउने पर्यटकलाई कम्तीमा एकलहप्तासम्म रमाएर बस्ने वातावरण बनाइएको अध्यक्ष सिम्खाडाले बताए।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले धर्तीको भूस्वर्गका रूपमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणी धामलाई लक्षित गरी होमस्टे सञ्चालन गरिएको बताए। त्रिवेणीलाई कर्णालीकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल भइरहेको उनको भनाइ छ। उनका अनुसार त्रिवेणी क्षेत्र धार्मीक आस्थाको केन्द्र हो। यस्तै यहाँ वन्यजन्तु तथा इको टुरिजमको पनि सम्भावना छ। तर संघीय सरकारका सय पर्यटकीय गन्तव्य र कर्णाली प्रदेश सरकारका ४० पर्यटकीय गन्तव्यमा भने त्रिवेणी धाम उल्लेख छैन। यसलाई पर्यटकीय आकर्षणको केन्द बनाउन गाउँपालिकाले रणनीतिक महत्वको योजना निर्माण गरेको छ। होमस्टे सञ्चालक देवनारायण सञ्ज्यालले आगामी वैशाखमा भारतीय पर्यटकको टोलीलाई त्रिवेणी भ्रमण गराउने योजना रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.