यसरी सम्भव भयो प्लास्टिकमुक्त नगर

यसरी सम्भव भयो प्लास्टिकमुक्त नगर

बुटवल : मुलुकका धेरै क्षेत्रमा प्लास्टिकजन्य पदार्थमुक्त अभियान चले। प्रायः असफल बने। रुपन्देहीको तिलोत्तमा नगरपालिका भने खुला क्षेत्रमा प्लास्टिक शून्य नगर घोषणा नै गर्न सफल भएको छ। नगरका कुनै पनि क्षेत्रमा प्लास्टिक देखिँदैन। नगरपालिकाले शून्य प्लास्टिक घोषणा गर्ने अभियान सुरु गर्दा धेरैले खिसिट्युरी गरेका छन्।

नगरप्रमुख वासुदेव घिमिरे सम्झिन्छन्, ‘निरन्तरको अभियान, नगरवासीको समर्थनले खुला क्षेत्रमा शून्य प्लास्टिकमुक्त गर्न सफल भएका छौं।’ अहिले उपभोग्य सामानका खोलमा प्रयोग हुनेबाहेक अन्य प्लास्टिक प्रयोग हुन छाडेको छ। अभियान सुरु भएको सात महिनामा नहर, खेत, सडक, जंगलबाट ८० हजार बोरा खुला प्लास्टिक उठाएको थियो। यसरी प्लास्टिक उठाइरहँदा नगरबासीमा चेतना फैलिँदै गयो।

स्थानीयले खुला क्षेत्रमा फोहोर र प्लास्टिक फाल्न छाडेपछि नगरपालिकाको अभियानले मुर्त रुप लियो। नगरपालिकालाई १६–३६ नहरमा बगेर आउने प्लास्टिक सफाइ चुनौतिपूर्ण थियो। स्थानीयले साथ दिएपछि नगरपालिकाले यत्रतत्र छरिएका प्लास्किट संकलन गर्नसक्यो। यस अभियानमा स्थानीयसँग, मन्त्री र सांसदको सहभागिता थियो। फागुन ३० गते नगरपालिकालाई शून्य प्लास्टिक नगर घोषणा गरिएको छ। यसरी घोषणा भएको तिलोत्तमा मुलुककै पहिलो नगरपालिका हो।

‘जनता जागेपछि काम गर्न कठिन नहुँदो रहेछ भन्ने यो अभियानबाट सिकाइ भयो,’ मेयर घिमिरेले भने, ‘नगर सौन्दर्यकरणसँगै अरु काम निरन्तर हुनेछन्।’ नगरपालिकाले प्लास्टिकमुक्त सहर बनाउने अभियानलाई निरन्तरता दिएको छ। दूध किन्न जानेहरू भाँडो नै बोकेर जान्छन्। सामान किन्नेहरू पनि घरबाटै झोला बोकेर निस्किन्छन्। विद्यार्थीहरू आफूले खाएको फोहोर जथाभावी फाल्दैनन्।

आमा समूह, युवा क्लबलगायत संघसंस्थाहरू यो अभियानका सहयोगी बनेका थिए। प्लास्टिक प्रयोग शून्य गराउन विद्यालयको पाठ्यक्रममा पनि समावेश गरिएको छ। सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ भने जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न नगरले कार्यविधि नै बनाएको छ।

सिम नेपालसँगको सहकार्यमा सात महिनादेखि शून्य प्लास्टिक अभियान चलाइएको हो। रुपन्देहीकै मध्यभागमा अवस्थित तिलोत्तमा नगरपालिकालाई स्वच्छ, सफा, हराभर बनाउने उद्देश्यले जनप्रतिनिधि आएसँगै २०७४ साउनबाट नियमित सञ्चालन हुँदै आएको सरसफाइ अभियान हाल ५७ औं श्रृंखलामा पुगेको छ।

नगरपालिकाले प्लास्टिकको फोहोर जम्मा गर्नेलाई पुरस्कारको व्यवस्था पनि गरेको छ। शुक्रबार प्लास्टिक शूल्य नगर घोषणा कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले भने, ‘यो अभियान कसैले न कसैले सुरु गर्नुपर्नेमा त्यो तिलोत्तमाबाट सुरु हुनु तिलोत्तमाबासीका लागि सुखद् हो, सरसफाइमा तिलोत्तमाबाट नयाँ राष्ट्रिय अभियान प्रारम्भ भएको छ।’

तिलोत्तमामा शून्य प्लास्टिकलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डस्टविन राखिएको छ। नगरका सार्वजनिक स्थानमा कम्तिमा एक हजार डस्टविन राख्ने नगरपालिकाको योजना छ। फोहोर संकलन कार्यसँगै संकलित फोहोरको व्यवस्थापनका लागि जनसहभागिता वास सहकारीसँगको सहकार्यमा एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण थालिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.