असिना-पानीले लियो बालकको ज्यान
सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर ज्यान गएको छ । शितगंगा नगरपालिका १२ रजिया रातामाटाका विकास नेपालीको शनिबार राती परेको असिनाले चुटेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।
शनिबार दिउँसो घरबाट हिँडेका सुस्त मनस्थितिका नेपाली डोहोटेको कुडुले जंगलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असिनाले चुटेर बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।