राजर्षि जनक कप फुटबल : उपाधि पुलिसको पोल्टामा

राजर्षि जनक कप फुटबल : उपाधि पुलिसको पोल्टामा

सर्लाही : राजर्षि जनक कप फुटबल प्रतियोगिताको चौथो संस्करणकोे उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। सर्लाहीको बागमती नगरपालिकामा आयोजित उक्त प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा पुलिस क्लबले भारत सिक्किमको कञ्चनजंघा फुटबल क्लबलाई २–१ गोलले हराउँदै उपाधि चुमेको हो।

सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको फाइनल खेलको दोस्रो मिनेटमै पुलिस क्लबका लागि तीर्थ रानामगरले पहिलो गोल गरेका थिए। सिक्किमका गोलरक्षक अगाडि बढ्दा तीर्थले प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो। सुरुदेखि नै दुवै टोली आक्रामक देखिएका थिए। सिक्किमले सातौं मिनेटमा जवाफी गोल गर्ने गतिलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। कर्नर पासमा पाएको सुन्दर पासलाई सिक्किमका कप्तान निवास रानाले पोस्टको दिशा दिने सक्दो प्रयास गरे पनि पुलिस क्लबका गोलरक्षक सञ्जित श्रेष्ठले उत्कृष्ट बचाउ गरे।

त्यसपछि खेलको १२औं मिनेटमा पद्म भट्टराईले लामो दूरीबाट प्रहार गरेको फ्रिकिकमा हेड गर्दै जुमानु राईले दोस्रो गोल थपेपछि पुलिस क्लबले २–० को अग्रता बनायो। दर्शकको समर्थन पाएको पुलिस क्लबविरुद्घ १९औं मिनेटमा पाहुना टोलीले जवाफी गोल गरेको थियो। सिक्किमका अमिर लामाले डीबक्सभित्र पाएको बललाई गोलमा परिणत गरेका थिए।

पहिलो हाफ २–१ मा सकिएपछि पुलिस क्लब दोस्रो हाफमा थप आक्रामक देखिएको थियो। पुलिस क्लबले खेलको ६५औं, ७५औं र ८१औं मिनेटमा गतिलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। पुलिस क्लबका खेलाडीको प्रहारलाई सिक्किमका गोलरक्षक नागेन तामाङले उत्कृष्ट बचाउ गरेका थिए।

उपाधिसँगै पुलिस क्लबले १० लाख रुपैयाँ नगद पुरस्कार हात पार्‍यो। उपविजेता बनेको सिक्किमले पाँच लाख रुपैयाँ पुरस्कार पायो। सिक्किमका सुब्रोतो सुरेन फाइनलको म्यान अफ दी म्याच घोषित भए। पुलिस क्लबका कप्तान जुमानु राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले ५१ हजार रुपैयाँ पुरस्कार पाए।

यसैगरी सर्लाहीका विजय घलान उदीयमान खेलाडी घोषित भए। उनले पल्सर मोटरसाइकल पुरस्कार पाए। पुलिस क्लबका तीर्थ रानामगर सर्वाधिक गोलकर्ता बने। सिक्किमका कप्तान निवास राना सर्वोत्कृष्ट डिफेन्डर घोषित भए। पुलिस क्लबका सञ्जीव श्रेष्ठ सर्वोत्कृष्ट गोलरक्षक, जाउलाखेलका रूपबहादुर लामा सर्वोत्कृष्ट मिडफिल्डर र पुलिस क्लबका सञ्जीव जोशी सर्वोत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही २० हजार रुपैयाँ पुरस्कार हात पारे। फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका दुईसहित कुल १२ वटा टोलीको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.