पर्यटक आवागमन पूर्ण ठप्प

पर्यटक आवागमन पूर्ण ठप्प

भैरहवा/ बुटवल : स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका अहिले सुनसान छ। यस नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या शून्यमा झरेको छ।

नेपाल–भारतले तेस्रो मुलुकका पर्यटकको आगमनमा रोक लगाएसँगै नाका ठप्प भएको हो। बुद्धजन्मस्थल लुम्बिनी पनि सुनसान छ। सँधै व्यस्त हुने अध्यागमन कर्मचारी अहिले फुर्सदिला छन्। भारतले गत शुक्रबार साँझ साढे ५ बजेबाट तेस्रो मुलुकका पर्यटकको आगमनमा रोक लगाएको छ भने नेपालले शनिबार राति १२ बजेबाट रोक लगाएको हो।

अध्यागमन कार्यालय बेलहिया प्रमुख गिरिराज खनालले भने, ‘जसकारण बेलहिया नाकबाट अहिले पर्यटक आवतजावत पूर्णरूपमा ठप्प छ’, ‘नेपाली नागरिक आएको अवस्थामा सेवा खुला राखेका छौँ।’ शनिबार यस नाकाबाट दुई नेपाली सहित २९ जना पर्यटक आएका उनले बताए। यो नाकाबाट शुक्रबार १३ जना आएकामा १६ बाहिरिए।

तेस्रो मुलुकका पर्यटकको आवगमन ठप्प भएसँगै ओहोर दोहोर गर्ने नेपाली र भारतीयलाई पनि दुवै तर्फ स्वास्थ्य जाँच्न थालेका छन्। भारतको तुलनामा नेपालतर्फ स्वास्थ्य परीक्षण फितलो देखिएको छ। स्वास्थ्य सुरक्षा कवज विना एक जना कर्मचारीले सयौंको स्वास्थ्य परीक्षण गर्छन्।

तर, नगर स्वास्थ्य केन्द्रबाट डेस्कमा खटिएका दीपेन्द्रकुमार गुप्ताले सम्भव भएसम्म सबैको स्वास्थ्य परीक्षण भइरहेको बताए। रुपन्देहीमा ५८ किमि खुल्ला सीमा रहेकाले भारतबाट ओहोर दोहोर गर्ने सबैको स्वास्थ्य परीक्षण संभव देखिदैन।

सार्वजनिक बसका यात्रु घटेअत्यावश्यक काम बाहेक सर्वसाधारण यात्रा गर्न छोडेका छन्। बुटवलको लुम्बिनी बस टर्मिनलमा पहाडी जिल्लाका साथै पूर्व र पश्चिमका विभिन्न ठाउँमा जाने यात्रुहरुको चाप निकै घटेको छ।

पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधि खरेलले आधा यात्रु घटेको बताए। ‘कोरोनाको त्रासले गर्दा जरुरी काम नपरी मान्छे हिंडेका छैनन्।’ उनले भने ‘एउटा गाडीको लागि टिकट काटेका ४÷५ जना मात्र भइदिन्छन्। यात्रुलाई अर्को गाडीमा पठाउनुपर्ने हुन्छ।’ बुटवलबाट काठमाडौं जाने ५० र काठमाडौंबाट बुटवल आउनेहरू ४० प्रतिशतले घटेका उनको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.