डडेल्धुराका दुई सीमा नाका बन्द

डडेल्धुराका दुई सीमा नाका बन्द

डडेल्धुरा : परशुराम नगरपालिकाअन्तरर्गत भारतीय सीमासँग जोडिएका दुई नाका बन्द गरिएका छन्। परशुराम नगरपालिकाको तातापानी सिसमजालाघाट र परिगाँउ बाङघाट नाका चैत्र ४ गते देखि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

 
कोरोना भाइरसबाट बच्न तथा स्वास्थ्य सतर्कतालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि तारउतारघाट बन्द गरिएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए  । 

पनेरु भने, 'हेल्थ डेस्क स्थापना भएपनि आवश्यक स्वास्थ्य सुरक्षाको अभाव देखिएकाले तत्कालका लागि नगरपालिका अन्तरगत रहेका दुईवटै नाका हाललाई बन्द गर्ने निर्णय गरिएको हो।'

विश्वमा फैलिएको (कोभिड) १९ कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै  सूचना जारी गरी अनिश्चित कालका लागि परशुराम ५ को बाङघाट र परशुराम ६ को सिसमजालाघाट पूर्ण रुपमा बन्द गरिने परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउँदले बताए। 

नगरप्रमुख साउले भने, 'सतर्कताका लागि चैत ४ गते देखि केही समयका लागि तारउतारघाट बन्द गरिनेछ ।' परशुराम नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र सरोकारवालाको संयुक्त अनुगमनपश्चात नाका बन्द गर्ने निर्णय गरिएको जनाए ।

सिसमजाला घाट र बाङ्घाटबाट दैनिक १५० देखि २०० को हाराहारिमा मानिसहरु नेपाल-भारत आवतजावत गर्छन् । घाट बन्द भएपछि दैनिक उपभोग्यका सामानदेखि अन्य लत्ताकपडा र खाद्यान्य किनबेचमा समस्या आउन सक्ने खतरा रहेको छ । सीमानाका बन्द भएपछि परशुराम नगरपालिकाको सिसमजाला, सादनी, घुम्टेगडा, सिमलखेत, परिगाँउ, कटाल, जमरेनी, लामीगडालगायतका दर्जनौ बस्तीका मानिसलाई प्रत्यक्ष असर परेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.