खुल्ला आकाशमुनी पढ्न बाध्य चेपाङ बालबालिका

खुल्ला आकाशमुनी पढ्न बाध्य चेपाङ बालबालिका

धादिङ : दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ८ दुङवाङमा रहेको जलदेवी आधारभूत विद्यालयका बालबालिका खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य छन् ।

बालकक्षा (इसीडी) देखि ३ कक्षासम्म पढाइ हुने उक्त विद्यालयको एउटा मात्रै रहेको ४ कोठे भवन २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि क्षतविक्षत भएको थियो ।

भएको एउटै मात्रै भवन पनि भूकम्पका कारण जोखिमपूर्ण भएपछि भूकम्प पछिको आपतकालिन अवस्थामा विभिन्न संघसस्थाको सहयोगमा बनाइको अस्थायी टहरा र खुल्ला आकाशमुनी नै राखेर विद्यार्थीलाई पठन-पाठन गराइरहेको शिक्षकले बताएका छन् ।

खुल्ला आकाशमुनी विद्यालयको आगनमै राखेर पढाउँदा पनि बस्ने चकटीसमेत गतिलो नहुँदा ढुङगा तथा पर्खालमा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षक नन्द बहादुर बोहोराले बताए । उनले भने, 'विद्यालयको भवन त छ, तर भूकम्पले क्षतविक्षत भएको छ, जीर्ण छ। त्यहाँ राखेर पढाउँदा झन ठूलो दुर्घटना हुने डरले टहरा र आँगनमै राखेर पढाइरहेका छौँ ।'

पानी परेको बेला र धेरै घाम लागेको बेलामा बालबालिकालाई अस्थायी टहरा र भूकम्पले चर्काएको भवनको कम क्षति भएको एउटा कोठामा एकैठाउँमा राखेर पढाइने गरिएको छ ।

कक्षाकोठाको अभावमा बालकक्षा  र एक कक्षाका बालबालिकालाई अस्थायी टहरामा एकै ठाउँमा राखेर पढाइदै आएको छ । अस्थायी टहरा बनाएको पनि ४ वर्ष पुग्न लागिसकेककाले बाँसका भाटाहरु भाँचिन थालेका छन् । बार लगाइएको त्रिपालहरु च्यातिइसकेको छ, टहरा पनि हावा र पानीबाट पनि असुरक्षित बनेको छ । विद्यालय डाँडामा रहेकाले चिसो बतास चलिरहदाँ अस्थायी टहरापनि खुल्ला आकास जस्तै भएको शिक्षक विनिता श्रेष्ठले बताइन् ।

कक्षा २ र ३ लाई भने पानी नपरेको बेला खुल्ला आकासमुनी राखेरै कक्षा संञ्चालन गर्दै आएको छ । पानी परेको बेला जीर्ण भवनकै कम क्षति भएको कोठामा एकैठाउँमा राखेर पढाइने गरिएको छ । स-साना बालबालिकाहरुलाई जोखिमयुक्त भवनमा राख्नु भन्दा खुल्ला आकाशमा नै राखेर पढाउने गरेको शिक्षक श्रेष्ठले बताइन् ।

'अस्थायी टहरा पाटेसन गरेर सबैलाई छुट्टाछुटटै कक्षामा राखेर पढाउन मिल्ने पनि बनाएका थियौँ, तर २ वटा कक्षाकोठाको आवास मिसिने भएपछि पढाउन झनै समस्या हुन थाल्यो,' श्रेष्ठले भनिन्, 'त्यसकारण बालकक्षा र १ कक्षा टहरामा तथा २ र ३ लाइ आगँनमा पढाइरहेका छौँ ।'

वडा नं ८ को घाङवाङ र दुङवाङका बालबालिका पढ्न आउने यस विद्यालयमा अध्ययन गर्ने सबै चेपाङ समुदायका बालबालिका छन् । विनाशकारी भूकम्पपछि धादिङ जिल्लाका करिब ७५ प्रतिशत विद्यालयका भवनहरु पुननिर्माण भइसकेका छन् भने बन्न बाँकी रहेका सबै विद्यालयमा पनि भवन निर्माणको प्रक्रिया सुरु भइरहेको जिल्लास्थित आयोजना कार्यान्वय इकाइले बताएको छ । तर भौगोलिक अवस्थामा अति नै विकट क्षेत्रमा रहेको दुङवाङको यो आधारभूत विद्यालयको पुननिर्माणतर्फ कसैको चाँसो गएको छैन। 

५६ जना बालबालिका अध्ययन गर्ने उक्त विद्यालय मर्मत गर्न र नयाँ बनाउनका लागि समन्वय गरिदिन वडा अध्यक्ष र गाउँपालिकामा पटक पटक गुनासो गरिएको भएपनि अहिललेम्म सुनुवाइ नभएको शिक्षकले बताए । शिक्षक श्रेष्ठले भनिन्, 'वडा अध्यक्ष अहिलेसम्म एक पटक पनि विद्यालयमा आएका छैनन् । हामीले भनेर मात्रै विद्यालयको यो अवस्था कसरी थाहा पाउछन् र नयाँ बनाउन पहल गरुन् ।'
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.