बुवा-आमाको हत्या गर्ने छोरा पक्राउ

बुवा-आमाको हत्या गर्ने छोरा पक्राउ

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा भएको भण्डारी दम्पत्ती हत्या प्रकरणमा संलग्न छोरालाई कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ। गत फागुन १५ गते घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न २६ वर्षीय छोरा भरत भण्डारीलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार भण्डारीले बुवा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ  डडेल्धुराबाट १३ गते मोटरसाइकलको ट्रायल दिन महेन्द्रनगर पुगेका भण्डारीले डडेल्धुरास्थित घर फर्किनका लागि हिडेका थिए।

तर, कैलालीको गोदावरी पुगेर उनी मादक पर्दाथ सेवन गरी कलुवार फर्किएका थिए । सोही राती कान्छी आमासँग विवाद भएपछि हत्या भएको प्रहरीले जनाएको छ।

'पारिवारीक लेनदेन र बावुले कान्छी आमा ल्याएको कारण हत्या भएको खुलेको छ,'कञ्चनपुरका प्रहरी प्रमुख उपरीक्षक मुकुन्द मरासीनीले भने, 'कान्छी आमाको भान्साकोठामा र बुवाको सुतेको अवस्थामा हत्या गरेर राती नै डडेल्धुरा फर्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।'
 
मध्य रातमा हत्या गरी फर्केका भण्डारीले रगताम्य लुगा र हत्यामा प्रयोग भएको हतियार भासुभीरमा फोलेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.