कुकुरले टोकेपछि बालकको मृत्यु, रेविज आशंकामा २२ जना अस्पतालमा

कुकुरले टोकेपछि बालकको मृत्यु, रेविज आशंकामा २२ जना अस्पतालमा

धादिङ : गत माघ १७ गते कुकुरले टोकेको बालकको आइतबार साँझ मृत्यु भएपछि नीलकण्ठ नगरपालिका वडा नं ६ भोर्लेको एउटा बस्ती रेविजको आशंकाले आतङ्कित भएको छ। सोही कुकुरले अन्य ५ जनालाई पनि टोकेको थियो। मृत्यु भएका बालकसँगै खेल्ने-खाने साथीहरूलाई पनि रेविज लागेको हुनसक्ने आशंका गाउँलेहरूले गरेका छन्। त्यसैले उपचारको लागि गाउँका धेरै मानिस जिल्ला अस्पताल आइपुगेका छन्।

भोर्लेको रघु माविमा अध्ययनरत १२ वर्षीय बालक किशोर भारतीको जिल्ला अस्पताल धादिङमा आइतबार मृत्यु भएको थियो। यसअघि किशोरको राजधानीका विभिन्न अस्पतालमा उपचार गराइएको थियो।

गत माघ १७ गते घरनजिकै खेलिरहेका बेला भारतीलाई कुकुरले कानमा टोकेको थियो। भारतीसँगै खेलिरहेका उनका साथीहरूलाई पनि टोकेको थियो। गाउँलेले सामान्य कोतरेको मात्रै हो सुई लगाउनु पर्दैन भनेर टारिदिए पनि त्यसपछि कान दुख्न थालेकाले भारती परिवारले किशोरको उपचारको गर्न जिल्ला अस्पताल ल्याएका थिए। 

फागुन १७ गते बेस्सरी बिरामी भएपछि उनलाई जिल्ला अस्पताल धादिङबेसी ल्याए। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंस्थित कान्ति अस्पतालमा लगियो तर त्यहाँ स्वास्थयकर्मीले वास्ता गरेनन्। त्यसपछि चिच्याउने, कराउने, बान्ता गर्ने गरेपछि मनोमोहन मेमोरियल अस्पतालमा लगेका थिए। मनोमोहनमा पनि केही सुधार नभएपछि चिरायु अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। चिरायुमा पूरै शरीरको परीक्षण गर्दा केही नभेटेपछि आफन्तले कुकुरले टोकेको भागको परीक्षण गराएका थिए। 

मृतक किशोरकी दिदी सविता भारतीले भनिन्, ‘भाइ बेस्सरी बिरामी भएपछि रोग पत्ता लगाउन ४-५ वटा अस्पताल चहारियो, अन्तिममा टेकुमा जँचाउँदा रेविज नै लागिसकेको रहेछ।’

किशोरको मृत्युपछि कुकुरले टोकेका बालकहरू, आफन्तजन, सँगै खाने खेल्ने साथीसमेत गरी जम्मा २२ जना सोमबार बिहान उपचारको खोजीमा धादिङबेंसीस्थित जिल्ला अस्पताल आएका छन्। 

उपचार गराउन आउनेमा ५ वर्षका बालदेखि ७५ वर्षका वृद्धसमेत छन्। जिल्ला स्वास्थ कार्यालयको सम्पर्कमा आएका गाउँले र कुकुरले टोकेकालाई रेविज विरुद्धको भ्याक्सिन दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.