कोरोनाको महामारीमा डेंगु संक्रमण ओझेलमा

कोरोनाको महामारीमा डेंगु संक्रमण ओझेलमा

काठमाडौं : विश्वव्यापी रुपमा त्रास फैलाएको कोरोना भाइरस (कोभिड कोभिड–१९)का कारण नेपालमा डेंगु रोगको को संक्रमण ओझेलमा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको सन्दर्भमा सतर्कता अपनाउनु पर्ने भएको जनाउँदै परिपत्र गरेपछि डेंगुको बारे जनचेतना अभियान अलपत्र परेको हो ।मन्त्रालयले गत शुक्रवार अर्को आदेश नभएसम्म प्रसूति र किरिया बाहेक अन्य विदा स्वीकृत नगर्न ÷नगराउन स्वास्थ्य सेवा विभाग लगायत अन्य स्वास्थ्य संस्थामा पत्राचार गरेको छ ।

स्वास्थ्य पदाधिकारीहरु कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको पूर्व तयारीमा व्यस्त छन । सोही कारण डेंगु विरुद्ध प्रदेशतहका स्वास्थ्यकर्मीलाई तालिम दिन नसकिएको स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले बताए ।

पछिल्लो साढे दुई महिनायता पाँचवटा प्रदेशमा डेंगुका ३६ नयाँ विरामी देखिएका छन । डेंगु संक्रमण भएका प्रदेशमा जनचेतना फैलाउनका लागि तालिम दिन नसकिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले बताए । उनले भने, ‘ कोरोना भाइरसको रोकथामतिर ध्यान दिनु परेकोले अरुतिरका काम रोकिएको छ । ’

डेंगुको संक्रमण पछि बेस्सरी टाउको , पेट र आँखाको गेडी दुख्ने रिंगटा लाग्ने, वान्तामा रगत देखा पर्ने लगायतका लक्षणहरु देखिन्छन । त्यस्तै जटिल अवस्थामा पुगेपछि नाक वा गिंजाबाट रगत बग्ने र बेहोस हुन संभावना हुन्छ ।मौसम परिवर्तनसँगै डेंगु रोग बढेकोले जनचेतना बढाउनु पर्ने खाँचो रहेको रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेको भनाई छ । उनले भने,‘सबैको ध्यान कोरोना भाइरसको नियन्त्रणतिर गएकोले तालिम दिनकालागि प्रदेश तहमा जान सकिएको छैन । ’

एडिज जातको लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण तराईका जिल्लाहरुमा देखिएको छ । घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताएको दुई घण्टा अगाडी यो लामखुट्टे बढी सक्रिय भएर टोक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्याण्ट डा. अनुप बास्तोलाले बताए ।

गत पुस १६ गतेदेखि शुक्रवारसम्ममा ३६ जना डेंगुका विरामी फेला परेको जानकारी दिए । रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले भने,‘ डेंगुको संक्रमण हुने सिजन यहिं हो । अहिलेको डेंगु संक्रमणका विरामी झन बढ्न सक्ने अवस्था छ ।’

सन् २०२० जनवारी यमा प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमित फेला परेका हुन । सबैभन्दा बढी विरामी रुपन्देहिका छन । रुपन्देहीमा ११ जना विरामी फेला परेका छन । त्यसपछि काठमाडौं, ललितपुर र मोरङ्ग जिल्लामा तीन ÷तीन जना गरि ९ जना संक्रमित देखिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ । प्रदेशगत रुपमा सबैभन्दा बढी ५ नं प्रदेशमा १४ जना संक्रमित फेला परेका छन ।

डा. पाण्डेका अनुसार, डेंगुको संक्रमण गराउने लामखुट्टे दिउसो बढी सक्रिय हुने गरेको छ । पछिल्लो तीन महिनामा प्रदेश नं १ को मोरङ्गमा ३, सुनसरिमा २ र झापामा १ जना डेंगुका विरामी फेला परेका छन । त्यस्तै बाग्मति प्रदेशमा काठमाडौंमा ३, ललितपुरमा ३, नुवाकोटमा १, रामेछापमा १ र मकवानपुरमा १ गरी ९ जना विरामी देखिएका छन ।

त्यस्तै गण्डकी प्रदेशमा ५ जना विरामी फेला परेका छन । कास्कीमा २ जना र गोरखा, म्याग्दि, नवलपरासी सुस्ता पूर्वमा एक ÷एक जना विरामी फेला परेका छन । प्रदेश नं ५को रुपन्देहीमा ११ जना र नवलपरासी सुस्ता पश्चिम, कपिलवस्तु र बाँकेमा एक ÷एक जना गरि १४ जना विरामी फेला परेका छन । त्यस्तै सुदुरपश्चिममा डडेलधुरा र कैलालीमा एक ÷एक जना गरी दुई जना विरामी देखा परेका छन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्याण्ट डा. बास्तोलाले जतिसक्यो छिटो जनचेतना फैलाउनु पर्ने बताए । उनले भने,‘ विगतको अवस्था हेर्ने हो भने यसले पनि प्रकोपको रुप लिन सक्छ । लामखुट्टेको वृद्धि विकास रोक्दै वासस्थान नष्ट गर्नु पर्छ । ’ डेंगुको संक्रमणबाट जोगिन झुल लगाएर सुत्ने र बाहिर बस्दा शरीर ढाक्ने लुगा लगाउनु पर्ने डा. बास्तोलाको सुझाव छ । त्यस्तै लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने , लामखुट्टे धपाउन धुपको प्रयोग गर्ने र घरको झयाल ढोकामा जाली लगाउने गर्दा लामखुट्टेको टोकाइबाट जोगिएर डेंगु लाग्ने संभावना नरहने चिकित्सकको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.