टिपरको ठक्‍करबाट आमा-छोरीको मृत्यु, घटनास्थल तनावग्रस्त

टिपरको ठक्‍करबाट आमा-छोरीको मृत्यु, घटनास्थल तनावग्रस्त

काभ्रे : पनौती बसपार्कमा टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ ।

दिउँसो ४ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको खाली टिपरले ठक्कर दिँदा ३३ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका गोलेको मृत्यु भएको हो ।
टिपरको ठक्करपछि बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उनीहरु खानीखोला गाउँपालिका १ मा बस्दैआएका थिए । घटनापछि टिपर र टिपर चालक रोशी गाउँ पालिका ६ घर भएका नवराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

साथै पनौतीमा स्थानीयहरुले घटनाको बिरोध गर्दै नाराबजी गरेर सडक अवरुद्ध गरेका छन् । चालकलाई कारवाही गर्नुपर्ने भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शन दबाउन प्रहरीले १९ राउण्ड टियर ग्यास समेत प्रहार गरेको छ । साँझ अवेरसम्म पनि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.