अर्घाखाँचीमा एसईई परीक्षाको तयारी पूरा, ३ हजार ६ सय ८ जना परीक्षार्थी सहभागी

अर्घाखाँचीमा एसईई परीक्षाको तयारी पूरा, ३ हजार ६ सय ८ जना परीक्षार्थी सहभागी

सन्धिखर्क : चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षाको तयारी पूरा भएको छ । बिहान ८ बजेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा अर्घाखाँची जिल्लाबाट ३ हजार ६ सय ८ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले जानकारी दिए । 

त्यस्तै ग्रेडवृद्धीतर्फ १ मात्र परीक्षा केन्द्र सन्धिखर्कमा निर्धारण गरिएको छ । जसमा ४३ जना छात्र र ५४ जना छात्रा गरी जम्मा ९७ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । यस्तै, प्राविधिक विषयतर्फ ६५ परीक्षार्थीले एसईई परीक्षा दिँदैछन् । हरिहर मावि पोखराथोक, सरस्वती मावि भगवती र जनता मावि पकलेमा प्राविधिक तर्फका विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीले जनाएको छ ।

यस वर्ष १७ जना विद्यार्थी एसईई परीक्षा दिनबाट बन्चित भएका छन्। ७५ प्रतिशत हाजिरी नपुगेका कारणले १७ जना विद्यार्थी परीक्षा दिनबाट बन्चित भएका हुन् । परीक्षाका लागि १७ केन्द्राध्यक्ष १९ सहायक केन्द्राध्यक्ष, १७१ निरीक्षक, ३४ जना सहायक कर्मचारी, ६८ जना विद्यालय सहयोगी र २५५ जना सुरक्षाकर्मी खटिने छन् । 

सबै परीक्षाकेन्द्रमा उत्तरपुस्तिका पनि पुगिसेकेका र सुरक्षाकर्मी पनि परिचालन गरिसकिएको पराजुलीले जानकारी दिए  । परीक्षा केन्द्रमा कोरोना रोकथामका लागि हेल्थ डेस्क स्थापनाको तयारी पनि भइरहेको छ।निर्वाद र निर्भय भएर जाँच दिन परीक्षार्थीलाई शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.