कर्फ्यूपछि पनौती बजार सुनसान, मृतकका आफन्त र प्रशासनबीच सहमति

कर्फ्यूपछि पनौती बजार सुनसान, मृतकका आफन्त र प्रशासनबीच सहमति

काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजार क्षेत्रमा मंगलबार बिहान ९ बजेदेखि जारी गरेको अनिश्चितकालिन कर्फ्यू अझै यथावत छ । कर्फ्यूपछि पनौती बजार सुनसान छ। जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र प्रशासनबीच सहमति भएको छ । 

मृतकका आफन्तले भने टिपर चालकलाई कडाभन्दा कडा कारवाहीको माग राखेर बहिरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए । मृतक जुनीमाया तामाङ र उनकी ३ वर्षीया छोरीको शव बनेपास्थित शिर मेमोरियल अस्पतालमा पोष्ट मार्टमका लागि लगेका छन्। आफन्‍तले कानुन अनुरुप टिपर चालकलाई कारवाही गर्नुपर्ने माग गरेका छन्।

बिहान जारी गरिएको कर्फ्यू बेलुकासम्म यथावत रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । जिल्ला काभ्रेको पनौती नगरपालिका ५ पनौती बसपार्कमा सोमबार अपराह्न बा ५ख ५४८० नम्बरको टिपरले ठक्‍कर दिँदा पैदलयात्री खानीखोला गाउँपालिका १ स्थित श्री कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक ३३ वर्षीय जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको घटनास्थलमा मृत्यु भएको थियो । 

स्थानीय र आफन्तले टिपर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेपछि पनौती सोमबार बेलुका पनि तनावग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि भन्दै गोली चलाएको थियो ।प्रर्दशनका क्रममा ६ जना प्रहरी र तीनजना प्रर्दशनकारी घाइते भएका थिए । 

प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाइ फाएर र १९ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। प्रर्दशनकारीले पनौतिमा रहेको प्रहरी बिट तोडफोड गरेका छन्।घाइते हुनेमा प्रहरीका सइ वीरेन्द्र शाह, हवल्दार मिनबहादुर थापा, दिलिप बुढाथोकी र सुनिता घिमिरे, प्रहरी जवान नवराज भारती र ललित थापा मगर रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रर्दशनकारीतर्फ साजन चौधरी, हर्कबहादुर तमाङ, जीवराज लामा घाइते भएका थिए । घाइते हर्कबहादुर तमाङ र साजन चौधरी टिचिङ हस्पिटल रिफर गरेको छ भने प्रहरी हवल्दार दिलिप बुढाथोकी र जीवराज लामा बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.