किसानलाई सिंचाइ उपकरण
धनगढी : धनगढी उप–महानगरपालिका–१७ ले किसानलाई सिंचाइ उपकरण सहयोग गरेको छ । विकासका दृष्टिकोणले पछाडि परेको क्षेत्रका किसानलाई वडाको सहयोगमा उपकरण सहयोग गरेको हो ।
धनगढीका नगरप्रमुख नृपबहादुर वड र वडा नम्बर १७ का अध्यक्ष माधव रानाले किसानलाई उपकरण हस्तान्तरण गरेका हुन् ।
वडा अध्यक्ष रानाले किसानलाई सिंचाइ उपकरण खरिद गर्न वडाबाट १२ लाख रुपियाँ बिनियोजन गरिएको बताए । बिनियोजन रकमबाट ९ वटा सिंचाइ बोरीङ र ८ वटा इन्जिन हस्तान्तरण गरिएको उनले जानकारी दिए । सिंचाइ उपकरणहरू टोलवासीले आवश्यक परेको बेला प्रयोग गर्ने गरी ९ वटा टोलमा वितरण हो ।
कृषि पकेट क्षेत्र मध्ये नजर गरी सिंचाइ बोरीङ र इन्जिनले व्यावसायिक किसानहरूलाई राहत पुग्ने विश्वास गरिएको छ । उप–महानगरपालिकाले किसानहरुलाई सिंचाइ, कृषि उपकरण, बीउ विजनमा सहयोग गर्दै आइरहेको मेयर नृपबहादुर वडको भनाइ छ ।