विप्लवका कार्यकर्ता पक्राउ
गोरखा : गोरखा प्रहरीले विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका ११ बारकिलो भन्ने ठाउँमा सडक चेकजाँचको क्रममा प्युठान माण्डपी गाउँपालिका ३ का ३७ वर्षीय खेमबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्कीलाई मंगलबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको एसपी ओम अधिकारीले जानकारी दिए ।