टिपरको ठक्कर : पनौतीमा दिनभर कर्फ्यू

टिपरको ठक्कर : पनौतीमा दिनभर कर्फ्यू

पनौती : पनौतीमा सोमबार दिउँसो टिपरको ठक्करबाट मृत्यु भएका आमाछोरीका आफन्तले क्षतिपूर्तिभन्दा दोषीलाई कडा कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा पीडितको पक्षबाट दोषीलाई कडा कारबाही माग भएको थियो।

दोषीलाई कडा कारबाहीको मागसँगै मृतकका आफन्तले शव पोष्टमार्टम गर्न सहमति गरिएको छ। मृतक जुनिमाया गोलेको श्रीमान् मलेसियाबाट बुधबार ११ बजे नेपाल फर्किएलगत्तै शव बुझेर अन्त्येष्टी गरिने सहमति भएको खानीखोला गाउँपालिका स्थानीय नेकपाका नेता दैवलाल घिसिङले जानकारी दिए। पीडितको मागअनुसार प्रशासनले कारबाही गर्ने र कानुन अनुसारको क्षतिपूर्ति व्यवसायीले उपलब्ध गराउने सहमतिपश्चात शव पोष्टमार्टम गर्ने कुरा भएको घिसिङले बताए। रोजगारका लागि मलेसियामा रहेको मृतकको श्रीमान् क्षिरिङभोल्न मलेसियाबाट भोलि नेपाल आएपछि शव दाहसंस्कार गरिने नेता घिसिङले भने।

आक्रोशित स्थानीयले गरेको आन्दोलनले प्रशासनको नियन्त्रणबाहिर गएपछि मंगलबार बिहान ९ बजेदेखिकर्फ्यू लगाएको थियो।कर्फ्यूपछि पनौती नगरस्तरीय कक्षा ८ को परीक्षासमेत स्थगित गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। मुख्य बजार क्षेत्रमा कुनै पनि पसल खोलिएनन्। दिनभर मुख्यबजार सुनसान थियो।कर्फ्यू मंगलबार राति ८ बजेपछि हटाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए। बेलुका सुरक्षा समितिको बैठकबाट मंगलबार बिहान ९ बजेदेखि लागू भएकोकर्फ्यू बेलुका ८ बजेपछि हटेको जानकारी दिए।

पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा५ख ५४८० नम्बरको टिपरको ठक्करबाट बसपार्कमा खानीखोला १ निवासी २६ वर्षीय जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका लामाको मृत्यु भएको थियो। प्रहरी र स्थानीय बीचको झडपमा प्रहरीसहित केही स्थानीय घाइते भएपछि प्रशासनले बिहान ९ बजेदेखि लगाएकोकर्फ्यू अझै हटेको छैन। प्रशासनले तत्काल नहट्ने जनाएको छ।कर्फ्यू क्षेत्रमा प्रहरीले गरेको कडाइका कारण स्थानीय औषधि पसलसमेत बन्द भएका छन्। विरोधमा स्थानीय र प्रहरीबीच झडप हुँदा ६ प्रहरी र तीन प्रर्दशनकारी घाइते भए। प्रहरीले १५ राउन्ड हवाइ फायर र १९ राउन्ड अ श्रु ग्याँस प्रहार गरेको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.