भैरहवा नाकाबाट इन्धन निरन्तर आयात

भैरहवा नाकाबाट इन्धन निरन्तर आयात

भैरहवा : कोरोना भाइरसका कारण सीमानाका बन्द हुने हल्लाले सर्वसाधरणले आवश्यकता भन्दा बढी इन्धन भण्डारण गर्दा काठमाडौंलगायत केही पहाडि जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

सर्वसाधरण लाम लागेर इन्धन भण्डारण गर्न थालेका छन् । तर, वास्तवमा अभाव भने छैन । भारतबाट आउने इन्धनको परिमाणमा कुनै कमी आएको छैन । निगमका डिपोहरुमा इन्धन भण्डारण गरेर राखिएको छ । उता निरन्तर रुपमा पुरानै तुलानामा इन्धन आयात भइरहेको छ । मधेस आन्दोलनको क्रममा सबै नाका बन्द हुँदा खुल्ला रहेको भैरहवा नाकाबाट मात्रै आयात भएको इन्धन मुलुकभरीका लागि आपूर्ति व्यवस्था मिलाइएको थियो ।

अहिले पनि यो नाकाबाट आयात हुने पेट्रोलियम पदार्थमा कमी नआएको नेपाल आयल निगमको भलवारी डिपोका प्रमुख सुरज शाहले जानकारी दिए । 'विगतमा जुन फ्लोमा इन्धन आइरहेको थियो त्यही फ्लोमा अहिले पनि आइरहेको छ,' उनले भने, 'ट्यांकरमा इन्धन लोड भइरहेको छ, हालसम्म भारतबाट इन्धन ढुवानीका लागि केही समस्या आएको छैन ।'

उनका अनुसार भारतबाट आइतबार (२ गते) मात्रै २ लाख ४० लिटर डिजेल र ७ लाख ५२ हजार लिटर पेट्रोल र ३२ वटा एलपीजी ग्याँस बुलेट आएको भएको छ । त्यस्तै सोमबार (३ गते) एक लाख लिटर डिजेल, ७ लाख ८४ हजार लिटर पेट्रोल र २० वटा एलपीजी ग्याँस बुलेट आएको उनले बताए । एउटा एलपीजी ग्याँस बुलेटबाट १ हजार २ सय ६५ वटा सिलिन्डरमा ग्याँस भरिन्छ ।

भारतको बैतालपुर, मुगलशराय, केही मात्रामा गोयन्ड र अमलेखगंजको पाइपलाइनबाटमा समेत डिजेल, पेट्रोल आयात भइरहेको छ । भारतमा औसतमा डिजेल दैनिक ४० ट्यांकर र पेट्रोल १५ ट्यांकर आयात भइरहेको छ ।

मंगलबारसम्म निगमको भलवारी डिपोमा एक लाख ४० हजार लिटर पेट्रोल र २९ लाख ४६ हजार लिटर डिजेल मौज्दात रहेको प्रमुख शाहले बताए । डिपोको क्षमता डिजेलमा ३० लाख लिटर र पेट्रोलमा एक लाख ४० हजार लिटर रहेको छ । 'भारतमा ट्यांकरमा आइरहेको इन्धन ट्यांकरबाटै बिक्री गरिरहेका छौँ, उनले भने, 'मौज्दात गरिएको इन्धनबाट बिक्री गर्नुपरेको छैन ।'

अन्य दिनको तुलनामा पेट्रोलियम व्यवसायीबाट मंगलबार माग बढी भएको छ । मंगलबार मात्रै साढे १४ लाख लिटर डिजेल र ३ लाख ८० हजार लिटर पेट्रोल डिपोबाट बिक्री भएको प्रमुख शाहले बताए ।

कोरोनाको त्रासले सर्वसाधरणको माग बढ्दा डिपोबाट बढी बिक्री भएको हो । उनले इन्धनको विषयमा अफवाहको पछाडि नलाग्न र आवश्यकता भन्दा बढी इन्धन भण्डारण नगर्न आग्रह गरे । पेट्रोल, डिजेलसँगै सर्वसाधरणले आवश्यकता भन्दा बढी भण्डारण गर्दा त्यो पनि अभाव देखिने थालेको छ । तर, भारतबाट एलपिजी ग्याँस बुलेट पनि निरन्तर रुपमा आइरहेको भलवारी डिपोले जनाएको छ ।

भैरहवा नाकाबाट आयात हुने डिजेल, पेट्रोल भलवारी डिपोले रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बाग्लुङ, स्यांगजा (केही भाग), पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा विक्री गर्ने गर्दछ । यी बाहेक अति आवश्यकता परेको खण्डमा काठमाडौं, पोखरालगायत अन्य जिल्लामा पनि पठाउने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.