ललितपुरले थाल्यो कोरोनाविरुद्ध तयारी

ललितपुरले थाल्यो कोरोनाविरुद्ध तयारी

ललितपुर : विश्वभर फैलिएको कोरोना संक्रमण हुन नदिन ललितपुरले तयारी थालेको छ। कोरोनाबाट बच्ने उपायको खोजी गर्न बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयको संयोजकत्वमा कोरोनाबाट सुरक्षित रहन तथा प्रभावकारी उपचार तथा रोगथामका लागि सरोकारवालाको बैठक बसेको हो।

बैठकमा अस्पतालका प्रतिनिधिलाई सबै अस्पतालमा हेल्थ डेक्स स्थापना गरी शंकास्पद बिरामीलाई पहिचान गरी थप उपचारका लागि आवश्यक समन्वय गर्न प्रमुख जिल्ला अधिकारी पाण्डेयले निर्देशन दिए। उनले स्थानीय तहलाई समेत जनचेतना फैलाउन अनुरोध गरेका छन्।

बैठकमा संघीय सांसद नवराज सिलवालले कोभिड–१९ का कारण हुन सक्ने सम्भावित महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारी तथा निजी अस्पतालहरूले समन्वय गरी अघि बढ्नु पर्नेमा जोड दिए। अस्पतालका सञ्चालक तथा चिकित्सकले शंकास्पद बिरामीलाई राख्न आइसोलेसन वार्ड तयारी अवस्थामा राख्नु पर्ने धारणा राखेका थिए।

निजी अस्पतालको छाता संगठन अफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष कुमार थापाले पनि सरकारको विशेष पहलबाट सुरक्षित एवं खुला ठाउँको पहिचान गरी संरचना राख्नुपर्ने बताए। ‘आइसोलेसन वार्ड राख्नका लागि सरकारले खुला ठाउँको पहिचान गरी संरचना बनाउनु पर्छ’, उनले भने।

बैठकमा लतिलपुरबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेश सांसद, नगरपालिकाका प्रमुख, जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा ललिततुरस्थित सरकारी तथा निजी अस्पतालका प्रमुख, निजी अस्पतालका संगठनका प्रतिनिधिको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.