मापसे र सचेतना कक्ष पनि स्थगित
काठमाडौं : विश्वव्यापी रुपमा फैलिँदै गएको कोभिड- १९ (कोरोना भाइरस) संक्रमणबाट बच्न सतर्कता अपनाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सचेतना कक्ष र मापसे जाँच स्थगित गरेको छ। ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको हो।
महाशाखाका प्रमुख ढकालले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिदै आएको सचेतना कक्षा र मापसे जाँच हाललाई स्थगित गरिएको हो।
महाशाखाकाका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महाशाखाले विशेष अभियानअन्तरगत मापसे कक्षा स्थगित गरेको हो। ट्राफिक प्रहरीको कारवाहीमा परेका सवारीले कागजपत्र नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।
यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भीडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनमा हुने भीडभाड कम गराउने गरी प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटाइएको छ।