धादिङको एकैगाउँमा २ दिनको अन्तरमा ३ जनाको मृत्यु

धादिङको एकैगाउँमा २ दिनको अन्तरमा ३ जनाको मृत्यु

धादिङ : धादिङको सिद्धलेक गाउँपालिका २ एैसेलुगैरा भन्ने स्थानमा २ दिनको अन्तरमा ३ जनाको रहस्यमय मृत्यु भएको छ । बुधबार राती २ जनाको सुतेकै ठाउँमा मृत्यु भएको थियो भने शुक्रबार बिहान फेरी एकजना महिला मृत अवस्थामा घरमै भेटिएकी छन् ।

बुधबार राती १२ बजेतिर ऐसेलुगैराका ७२ वर्षीय लालबहादुर नेपाली र उनकी भान्जी बुहारी नाता पर्ने ३५ वर्षीय सुन्तली नेपाली उनीहरुको आ-आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।

शुक्रबार बिहान सोही ठाउँकी ६३ वर्षीय यम कुमारी अर्याल पनि मृत भेटिएकी हुन् । बिहीबार बिहान बुधबार राती २ जनाको मृत्यु भएको घटनास्थलमा पुगेकी अर्याल बेलुका खाना खाएर टीभी हेरेर सकुशल सुतेकी थिइन् । तर शुक्रबार बिहान मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

अर्याल लामो समय अघिदेखि दम र प्रेसरको बिरामी भएकाले नियमित औषधि खाइरहेको परिवारले जनाएको छ । पछिल्लो एक महिना औषधि खान छाडेकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । अर्यालसहित ३ जनाकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङको शव गृहमा राखिएको छ । 

जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी खड्काले भने, 'हिजोको घटना र आजको घटनामा कुनै सम्बन्ध छैन, एउटै गाउँमा भएकाले केही शंका र त्रासको भएको हुनसक्छ, यो एउटा संयोग मात्रै परेको हो ।'

यता बुधबार राती मृत्यु भएका २ जनाको भने घरेलु मदिराका कारण ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दुवैजनाले एकै स्थानबाट लगिएको रक्सी सेवन गरेर सुतेकाले सोही रक्सीको कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

१ महिनाअघि गाउँमा बिहे भएको र सोही बिहेमा खपत भएर बाँकी रहेको रक्सी बुधबार साँझ दुवैजनाले बोतलमा हालेर लगेका थिए । रक्सी खाएर सुतेका दुवैजनाको फरक फरक घरमा बुधबार राती मृत्यु भएको हो । 

घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङबाट गएको प्रहरी अनुसन्धान टोलीले घटनास्थलको जाँच मुचुल्का गरी शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल धादिङवेशीमा ल्याएको थियो । उनीहरुको पनि पोष्टमार्टम शुक्रबार साँझ नै गर्ने तयारी भइरहेको छ। डीएसपी खड्काले भने, 'घटनास्थलमा त्यस्तो कुनै शंकास्पद वस्तु नभेटिएकाले उनीहरुको मृत्यु रक्सी सेवनबाटै हुनसक्ने आशंका छ । 

'हामी अनुसन्धान गरिरहेका छौँ, 'पोष्टमार्टमा पछि सबै विस्तृत थाहा हुने छ।' उनीहरुले खाएर बाँकी रहेको भनिएको रक्सी परीक्षण गर्नका लागि प्रहरीले ल्याएको छ । रक्सीलाई प्रयोगशालामा परीक्षणका लागि पठाइने डीएसपी खड्काले बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.