धौलागिरी अस्पतालले भन्यो- गम्भीर अवस्थाबाहेक अस्पताल नआउनू

धौलागिरी अस्पतालले भन्यो- गम्भीर अवस्थाबाहेक अस्पताल नआउनू

बागलुङ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङले उच्च सर्तकता अपनाएको छ ।  कोरोनाको भयले सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन थालेपछि अस्पतालमा भीडभाड बढेको भन्दै अस्पतालले 'गम्भिर' सिकिस्त बिरामी पर्दा र कोरोनाको लक्षण देखिएमा मात्र अस्पतालमा आउन आग्रह गरेको छ । 

कोरोनाको संक्रमण विश्वभर फैलिए पनि नेपालमा भने देखिएको छैन । तर, आम नागरिक कोरोनाको आशंका र अन्य सामान्य रोग लाग्दा पनि धेरै ठूलो संख्यामा अस्पतालमा आउने क्रम बढेको छ।

बिहीबार धौलागिरी अञ्चल अस्पतालको पहलमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय बागलुङ र सम्वद्ध सरोकारवालाको बैठकले अनावश्यक भीड नगर्न सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरिएको धौलागिरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरले जानकारी दिए। 

'अस्पतालमा अनेक खालका बिरामी आउँछन्, उनीहरुलाई सबैभन्दा बढी कोरोनाको जोखिम हुन्छ,' धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरलेलले भने, 'कोही कसैमा संक्रमण भएमा त्यसबाट सबै भन्दा छिटो र बढीमा सर्ने जोखिम भएकाले पूर्ववत संवेदनशिलता र सचेतताका हिँसाबले गम्भीर अवस्थामा बाहेक अस्पताल नआउन र घरमै विशेष ख्याल गर्न अपिल गरेका हौं।'

अस्पतालले आवश्यक सावधानीसहित मेडिकल माक्स, सेनीटाइजर आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने, अस्पतालमा अनावश्यक भीड हटाई बिरामीलाई मात्र परीक्षण गर्ने, सवारी चालक अनुमति पत्रका लागि आवश्यक निरोगिताको प्रमाणपत्र प्रदान गर्ने कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको डा.पोखरेलले बताए । अस्पतालमा भर्ना भएका बिरामीलाई पनि सम्भव भएसम्म छिटो डिस्चार्ज गर्ने र घरमै आराम गर्ने व्यवस्थामा जोड दिने अस्पतालको तयारी छ।  

धौलागिरी अञ्चल अस्पताल बागलुङका फिजिशियन डा.प्रदिप श्रेष्ठले नियमित औषधि प्रयोगकर्ता बिरामीलाई घरमै बसेर औषधि सेवन गर्न र महिनौंदेखि रहँदै आएको समस्या समाधान गर्नका लागि कोरोना संक्रमण भएका बेलामा अस्पताल नआउन आग्रह गर्छन् । सामान्य दुखाइका कारण अस्पताल नआएर घरमै घरेलु उपचार गर्ने, दाँतलगायत कस्मेटिक उपचारका लागि तत्कालका लागि अस्पताल नजाने, होल बोडी परीक्षणका हाल अस्पताल नजाने, डाक्टरसँग सल्लाह लिनकै लागि अस्पताल नआउदा कोरोनाको संक्रमणबाट बच्न सकिने डा.श्रेष्ठ बताउँछन् । 

कोरोना भयका कारण अस्पतालमा भीडभाड गर्दा निरोगी बिरामी समेत झनै संक्रमित हुन सक्ने भन्दै सामान्य सोधपुछका लागि अस्पताल नआउन अस्पताल प्रशासनले आग्रह गरेको हो । नेपाल सरकारले २५ जनाभन्दा धेरै समूहमा भीड नगर्न आग्रह गरे सँगै अस्पतालमा सजगता अपनाउन थालिएको हो । अत्यावश्यक बिरामी समेत स्वास्थ्य परीक्षणका लागि अस्पताल आउँदा एकान्तमा बस्ने, माक्सको प्रयोग गर्न समेत स्वास्थ्यकर्मीको सुझाव छ ।

जुनसुकै बेला महामारीले आक्रमण गर्न सक्ने भएकाले सर्वसाधारण आफै पनि सचेत हुनुपर्ने अवस्था आएको डा.श्रेष्ठको भनाई छ । अस्पतालले भीडभाडको कम गरी संक्रमणबाट बच्न फराकिलो ठाउँमा बिरामी राखेर पालो प्रणालीमा उपचार गर्ने व्यवस्था मिलाउने तयारी समेत थालेको छ ।

अत्याधिक बिरामीको चाप हुने सामान्य उपचार कक्षमा चिकित्सकलाई कार्य विभाजन गरेर फराकिलो ठाउँ परीक्षण तथा उपचार गर्ने प्रबन्ध मिलाउने तयारी समेत गरिएको छ। चिकित्सकका लागि आवश्यक सुरक्षा सामग्रीको तयारीका लागि स्थानीय सरकार र प्रदेश सरकारलाई बैठकले आग्रह गरेको छ ।केहि वर्षअघिसम्म रिफर सेन्टरको रुपमा आलोचना खेप्दै आएको धौलागिरी अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन्।  धौलागिरी अस्पतालमा लाइनवद्ध सेवाग्राही।पछिल्लो समय अस्पताल आउने संख्या उल्लेख्य बढेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.