घरेलु मदिरा बनाउन रजश्वला प्याड र कुहिएको मोजा प्रयोग

घरेलु मदिरा बनाउन रजश्वला प्याड र कुहिएको मोजा प्रयोग

जनकपुरधाम : लामो समयदेखि अवैध घरेलु मदिरा उत्पादन गर्दै आएका लक्ष्मिनियाँ गाउँपालिकाको सपहीमा मदिरा भट्टीमा छापा मार्ने क्रममा प्रहरीले जुन दृष्य देखे, त्यसले उनीहरु आश्चर्यमा परे। मदिरा राख्ने भाँडामा युरिया मल मिसाएको पानी, फोहर तथा दुर्गन्धित भाँडाकुडा, किरै-किरा भएको भाडाँमा रक्सीजन्य पदार्थ भेटिएको थियो। त्यसै भाँडोभित्र खतरनाक स्प्रिट, एसिड, तेजाब, गोबर, प्लाष्टिक, जुत्ता र कुहिएको मोजाहरु मिसाएर मदिरा निकाल्दै गरेको प्रहरीले भेटेको हो। अझ मदिराको भाँडोभित्र रजश्वलाको बेला महिलाहरुले प्रयोग गर्ने ‘सेनेटरी प्याड’ तथा स-साना बालबालिकाहरुले लाउने ‘बेबी प्याड’समेत प्रयोग गरेको देखेर आश्चर्य चकित भए।

जनकपुर उप-महानगरपालिकाको कुवाँ रामपुरबाट केही घरधुरीले वर्षौदेखि नै अवैध घरेलु मदिरा बनाउँदै आएका छन्। जीविकोपार्जनको मुख्य स्रोत बनाएका मदिराभट्टी सञ्चालकहरु आर्थिक प्रलोभनमा मानव जीवनसँग निकै ठूलो खेलवाड गर्दै मदिरामा मानिसको ज्यानै खतरामा पर्ने गरी विषयुक्त पदार्थहरु मिसावट गरेको पाइयो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले भने ‘हाम्रो टोली छापा मार्न आउनु अघि नै उनीहरु भागे, मान्छे पहिचान गरी पक्राउ गर्नेतीर हामी लागेका छौं, तत्काल पक्राउ परे नियमसंगत कारवाही गछौं।’ उनले अबको अभियानमा मदिरा भट्टी र पसलमा लोकल मदिरा वा सो बनाउने पदार्थ फेला परे सञ्चालकको फाइलसमेत आन्तरिक राजश्व कार्यालयमा पठाउने बताए।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र जनकपुरधाम उप-महानगरपालिकामा होलीको समयदेखि हालसम्म दर्जन भन्दा बढीको मदिरा सेवनबाट मृत्युपछि धनुषा प्रहरी तातेको छ। जिल्ला प्रहरी कार्यालय धनुषा र सम्बन्धित प्रहरी चौकीहरुबाट खटेको विशेष प्रहरी टोलीले जिल्ला भरि छापा हानी झण्डै १० हजार लिटर अवैद्य मदिरा नष्ट गरेको प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गको धारापानी, पुष्पवलपुर, गणेशमान चारनाथ, मिथिला, कलम, सवैलालगायतका नगरपालिकाका केही वडाहरुमा अबैध रुपमा मदिरा उत्पादन गरी जनकपुर बजारमा भित्रिदै आएको छ। उत्पादित अवैध मदिरा सार्वजनिक यातायातका बसहरुमा लोड भई जनकपुर आउने र जनकपुरबाट क्रमशः भारतीय बजारसम्म जाने गरेको स्रोतको दाबी छ। धनुषा प्रहरीले यसअघि पनि पटकपटक अवैध मदिरा बनाउनेहरुलाई कारवाही गर्ने, मदिरा नष्ट पार्ने र छापा हान्ने काम गरे पनि उनीहरुले उक्त पेशा छाडेका छैनन्।

'आउछन, छापा हान्छन् २-४ लिटर पोख्छन, सिल्टीको भाँडा लान्छन, अरु के नै गर्छन' एक मदिरा उत्पादक महिलाले भनिन्। आफुहरुलाई जीवन निर्वाहको अन्य विकल्प नदिएसम्म पेशा छाड्न गाह्रो हुने उनको भनाई छ।

घरेलु मदिरा कडा बनाउन उत्पादनकर्ताहरुले केमिकल, यूरीया हाल्ने गरेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामपरिक्षण यादव बताउँछन्। घरेलु मदिरा सेवनबाट क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मिनियाँ गाउँपालिका र जनकपुरधाम उप-महानगरपालिकामा झण्डै दुई दर्जन व्यक्तिहरुको मृत्यु भएको स्थानीयले दाबी गरेपनि प्रहरीले हालसम्म १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.