कोभिड–१९ अपडेट : इटालीमा २४ घण्टामा ६२७ को मृत्यु, कहाँ कति ?

कोभिड–१९ अपडेट : इटालीमा २४ घण्टामा ६२७ को मृत्यु, कहाँ कति ?

काठमाडौं : नोबेल कोरोना भाइरस कोभिड १९ बाट सबैभन्दा धेरै प्रभावित भएको इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६२७ जनाको यस भाइरसबाट मृत्यु भएको छ। बिहीबारसम्म इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४०५ रहेकोमा शुक्रबार रातिसम्म यो संख्या ४०२७ पुगेको छ। 

इटालीको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार संक्रमितको संख्या ४७ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

त्यसैगरी चीनमा मृत्यु हुनेको संख्या ३२५५ पुगेको छ। शुक्रबार चीनमा थप ४१ जना संक्रमित भेटिएको सिन्हवाले खबर दिएको छ। 

इटाली पछि स्पेनमा संक्रमणका दर उच्च देखिएको छ । स्पेनमा २१  हजार ५०० भन्दाबढी संक्रमित देखिएका छन् भने मर्नेको संख्या १०९३ पुगेको छ। मृत्यु हुनेको संख्या भने स्पेनभन्दा इरानमा धेरै छ । करिब १९ हजार ६०० संक्रसिमत देखिएको इरानमा १४३३ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा ६८ जनाले ज्यान गुमाएका छन् भने १९ हजार ८०० भन्दाबढी संक्रमित देखिएका छन् ।  संयुक्त राज्य अमेरिकामा करिब १९ हजार ३०० मा संक्रमणको पुष्टि हुँदा २५० जनाको मृत्यु भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वमा अहिले करिब पौने तीन लाख संक्रमित देखिँदा ११ हजार ३८७ जनाले ज्यान गुमाएका छन् ८८ हजार भन्दा धेरै संक्रमित निको भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.