सचिवालय २४ सै घन्टा सक्रिय

सचिवालय २४ सै घन्टा सक्रिय

हेटौंडा : कोरोना संक्रमितको सूचना संकलन र तत्काल उपचारको व्यवस्था गर्न बागमती प्रदेश सरकारले २४ सै घन्टा सचिवालय सञ्चालन गर्ने भएको छ। शुक्रबार हेटौडामा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले हेटौडास्थित आपतकालीन केन्द्रमा समितिको सचिवालय राख्ने निर्णय गरेको हो। त्यसका लागि आवश्यक सामग्री प्रदेश सरकारले तत्काल उपलब्ध गराउने छ।

सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधि रहने बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले बताए। सचिवालयलाई २४ सै घन्टा सञ्चालनमा ल्याइने उनले बताए। कोरोनासँग सम्बन्धित सूचना संकलन गर्न फरम्याट बनाएर १३ वटै जिल्ला प्रशासन कार्यालयमा शुक्रबारै पठाइएको सापकोटाले जानकारी दिए।

बागमती प्रदेशका १३ वटै जिल्लाभित्र सवारी साधनमा आवत जावत गर्ने यात्रुहरूको सुरक्षा निकायले निगरानी गर्ने भएको छ। साथै सवारी साधन रोकिने ठाउँमा सहायता डेक्स स्थापना गरिने भएको छ। समितिले विदेशी नागरिक र विदेशबाट फर्केको नेपाली नागरिकको स्वास्थ्य परीक्षणसँगै अभिलेख पनि राख्ने निर्णय भएको छ।

‘विद्यालय तथा विश्वबिद्यालय बिदा भएपछि घर फर्किनेहरूमा हुनसक्ने संक्रमणबारे निगरानी राख्ने पनि निर्णय भएको छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.