सिन्धुली अस्पतालको आइसोलेसनमा राखिएका वृद्धलाई कोरोना नभएको पुष्टि

सिन्धुली अस्पतालको आइसोलेसनमा राखिएका वृद्धलाई कोरोना नभएको पुष्टि

सिन्धुली : उच्च ज्वरो आएपछि तीनदिनअघि सिन्धुली अस्पतालको आइसोलेसनमा राखिएका बिमारीमा कोभिड–१९ नरहेको पुष्टि भएको छ।  १०४ डिग्री ज्वरोका साथ निमोनिया समेत भएका कमलामाई नगरपालिकाका-७ का ८१ वर्षीय ती वृद्धलाई कोभिड–१९ नरहेको पुष्टि भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. प्रसन्न राजभण्डारीले जानकारी दिए।

‘बिरामी वृद्धको काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गराउँदा भाइरल इन्फ्लुएन्जा मात्र रहेको पाइएको छ,’डा. राजभण्डारीले भने। नमुना परिक्षणका लागि बृद्धको ¥यालसंकलन गरी सिन्धुली अस्पतालले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाएकोमा त्यहाँबाट आएको रिपोर्टमा कोरोना भाईरस (कोभिड–१९)को कुनैपनि लक्षण नदेखिएएको हो।

हाल बिरामीको ज्वरो घटेको र उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ। ब्रिटिस आर्मीका अवकाश प्राप्त ती वृद्ध ३ दिनअघि पेन्सन बुझ्न धरान पुगेर फर्केका थिए । धरानबाट फर्किएपछि उच्च ज्वरो आएपछि बिहिबार सिन्धुली अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.