जाजरकोट अस्पतालमा ३० बेडको आइशोलेशन कक्ष

जाजरकोट अस्पतालमा ३० बेडको आइशोलेशन कक्ष

जाजरकोट : जिल्ला अस्पताल जाजरकोटमा ३० बेड क्षमताको आइशोलेशन कक्ष स्थापना गरिएको छ। कोरोना संक्रमितलाई उपचारका लागि पुर्वतयारीस्वरुप छुट्टै आइशोलेशन कक्षको स्थापना गरिएको हो।

 
विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेला स्वास्थ्य सेवा कार्यालय जाजरकोटले अस्पतालमा संक्रमितलाई आइशोलेशनमा राखेर उपचार गर्न ३० जनासम्म क्षमताको छुटै कोठा स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए। उनले भने, ‘जिल्लाका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई हाइ अलर्टमा राखेका छौँ। स्वास्थ्यकर्मीलाई यति बेला बिदा वा काजमा नबस्न निर्देशनसमेत दिएका छौँ।’ 

कोरोनाको लक्षण देखिएकालाई जिल्ला अस्पतालको आइशोलेशन कक्षमा राखेर उपचार थालिने र तत्काल बिरामीको नमुना संकलन गरी प्रयोगशालामा पठाउने व्यवस्था मिलाएको उनले बताए। जिल्लामा जहाँ समस्या आउँछ त्यहाँ तत्काल थप जनशक्ति पठाउनका लागी मेडिकल अधिकृतसहितको एक टोली अलर्ट अवस्थामा राखिएको छ।

त्यस्तै जाजरकोट भित्रिने प्रमुख नाका सुर्खेतको सिमाना छेडाचौर र डोल्पाको सिमाना त्रिवेणीमा हेल्प डेस्क स्थापना गरिने भएको छ। जिल्ला सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कमा पनि हेल्प डेस्क राख्ने निर्णय भएको छ। जिल्ला अस्पतालले उच्च ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वास सम्बन्धि बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताइन्। ‘स्वास्थ्यजन्य महामारीको दृष्टिकोणले अति संवेदनशील जिल्लाको रुपमा जाजरकोट रहेकोले पनि हामी निकै सचेत छौँ, सतर्क छौँ,’उनले भनिन्, ‘स्वास्थ्यकर्मीको मनोवल उच्च हुने गरी पूर्वतयारी गरिरहेका छौँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.