नाकामा मुख्यमन्त्रीको अनुगमन (तस्बिर)

नाकामा मुख्यमन्त्रीको अनुगमन (तस्बिर)

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिमी सिमानाका गड्डाचौकीको स्थलगत अनुगमन गरेका छन्। शनिबार बिहान मुख्य मन्त्री भट्ट, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र स्वाथ्यकर्मीको टोलीले अवलोकन गरेका हुन्। 

अनुगमनका क्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोरोना भाइरस संक्रमणको जोखिम न्युनीकरणका लागि प्रदेश सरकार लागिपरेको बताए। 'सीमा नाकामा थप सुरक्षा र सर्तकताका लागि संघीय सरकारसित पनि सहयोग र समन्वय गरिरहेका छौं,' मन्त्री भट्टले भने, 'प्रदेशका सबै स्थानीयतहमा हेल्थ डेस्कको स्थापना गर्न सबै पक्षलाई निर्देशन दिएका छौँ।' उनले कैलाली र कञ्चनपुरमा क्यारेन्टाइका लागि बृहत तयारी भइरहेको बताए।

स्थानीय प्रशासनले पनि कोरोना भाइरस संक्रमण हुन नदिन शनिबार बैठक बसी विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए। उनले गड्डाचौकी नाकाबाहेक कञ्चनपुरका अन्य सबै नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको बताए।

'गड्डाचौकीकाट स्वदेश फर्किएका नेपालीलाई आफ्नो गन्तव्य पुगिसकेपछि अनिर्वाय स्वास्थ्य परीक्षणका लागि यहाँका सबै स्थानीय तहसित समन्वय गर्ने निर्णय भएको छ', प्रजिअ खतिवडाले भने, 'महाकाली अस्पालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्ने भनेका छौं।' उनले जिल्लामा रहेका सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स लगायतका सेवा तयारी अवस्थामा राखिएको बताए।

भीमदत्तनगरपालिकामा रहेको सिएमए छात्राबास र जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई तत्काल क्यारेन्टाइन स्थलको रुपमा प्रयोग गर्ने निर्णय समेत गरेको छ। भारतका विभिन्न शहरमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किने क्रम ह्वात्तै बढेको छ।

कञ्चनपुरको पश्चिमीनाका गड्डाचौकीबाट शनिबार बिहान मात्रै दश हजारभन्दा बढी नेपाली घर फर्किएका छन्। नाकामा भिड बढेपछि नेपाली सेनाले निगरानी बढाएको छ।
  
श्री सिंह शार्दूल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी प्रणयजं मल्लको नेतृत्वमा सैनिक टोली खटिएको छ। 'बिहान एक्कासी घर फर्किनेको भीड बढेपछि स्वास्थ्य परीक्षण गर्नै सकसको स्थिती सिर्जना भए पनि हामीले त्यसको व्यवस्थापन गर्‍यौं', सहायक रथी शंकर पण्डीतले भने, 'हामीले सबै नाकामा उच्च सतकर्ता अपनाएका छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.