म्यान्माली बगालेको ‘भ्रम र यथार्थ’

म्यान्माली बगालेको ‘भ्रम र यथार्थ’

काठमाडौँ : म्यान्माली साहित्यकार ज्ञानबहादुर थापा ‘बगाले’को कथासंग्र्रह ‘भ्रम र यथार्थ’ शनिवार सार्वजनिक गरिएको छ। नेपाल–म्यान्मा फ्रेण्डसिप काउन्सिलद्वारा आयोजित कार्यक्रमबीच यो कृति लोकार्पण गरिएको हो।

कृतिमा संगृहीत कथाले म्यान्माली, नेपाली परिवेश, जीवनशैली र सामाजिक यथार्थ प्रस्तुत गरेका छन्। संग्रहमा नेपाली भाषी म्यान्मालीको सामाजिक परिवेश चित्रण गरिएको छ।

कथामा विषयवस्तुको विविधता रहे पनि अधिकांश कथामा नारीपुरुषका सम्बन्ध र त्यसका मनोवैज्ञानिक प्रभावलाई देखाइएको कथाकार ज्ञानु अधिकारीले उल्लेख गरिन्।

कार्यक्रममा साहित्यकार कृसु क्षेत्रीले म्यान्मामा रहेका नेपालीहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा गरेको योगदान अतुलनीय रहेको चर्चा गरे। उनले कथाकार बगाले धन, सम्पत्ति र सुखभन्दा पनि नेपाली भाषा, साहित्यप्रति समर्पित रहेको भन्दै प्रशंसा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. लक्ष्मणप्रसाद गौतमले विगत दुई दशकदेखि साहित्य सिर्जनामा लागेका बगाले सशक्त स्रष्टा रहेको चर्चा गरे। उनले भने, ‘म्यान्मा भाषा र नेपाली भाषामा समान रूपले कलम चलाउने बगाले म्यान्माली र नेपाली साहित्यका सशक्त व्यंग्यकार पनि हुन्।’

कार्यक्रममा स्रष्टा ‘बगाले’ले नेपाली भाषामा कृति लेखेर नेपालमै विमोचन गर्ने आफ्नो इच्छा पूरा भएकोमा आफू निकै उत्साहित भएको बताए। उनले भने, ‘नेपाली भाषाको मूलथलो, पुख्र्यौली भूमि नेपालबाट कृति प्रकाशन गर्नु पाउनुको आनन्द अर्कै हुँदोरहेछ।’

कार्यक्रमलाई चिन्तक डा. चिन्तामणि योगी, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीलगायतले सम्बोधन गरेका थिए। नेपाल–म्यान्मा फ्रेण्डसिप काउन्सिलका उपाध्यक्ष कृष्णराज अधिकारीले कार्यक्रमका सहभागीलाई स्वागत गरेका थिए। सार्वजनिक गरिएको कृति दायित्व वाङ्‌मय प्रतिष्ठान, नेपालले प्रकाशन गरेको हो।

रित्तो आकाश, तीतो यथार्थ, पागल, सौभाग्यवती भव, मदेखि मसम्म, धनको कथा लगायत २० वटा कथा संगृहीत छन्। सर्जक गोर्खा समिति केन्द्रीय शिक्षा विभाग म्यान्माका प्रमुख हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.