कोभिड-१९ अपडेट : इटालीमा मृत्युदर बढ्दो, कहाँको अवस्था कस्तो ?
रोम : नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको दर इटालीमा दिनदिनै बढिरहेको छ । शनिबारसम्म इटालीमा यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ४८२५ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा मात्रै थप ७९३ जनाले ज्यान गुमाएको समाचार संस्था एपीएफले जनाएको छ ।
शनिबार मात्रै इटालीमा ६५५७ जना थप संक्रमित भेटिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले खबर दिएको छ । सिन्ह्वाका अनुसार इटालीमा संक्रमितको संख्या ५३ हजार ५७८ पुगेको छ। सो मध्ये कबिर ६ हजार जना निको भएका छन् ।
इटालीपछि धेरै प्रभावित देशको आँकडा
चीन = मृत्यु : ३२६०, संक्रमित : ८१,३२१ निको : ७१,८६२
इरान = मृत्यु : १५५६, संक्रमित : २०६१०, निको : ७६३५
स्पेन = मृत्यु : १३७५, संक्रमित : २५,३७४, निको : २१२५
फ्रान्स = मृत्यु : ५६२, संक्रमित : १४३०८, निको : १२
अमेरिका = मृत्यु : ३०५, संक्रमित : २५,४९३, निको : १७१
छिमेकी मुलुक भारत
मृत्यु : ४, संक्रमित : ३३० निको : २३
स्रोत अन्तराष्ट्रिय सञ्चार माध्यमहरु