धोवीखोला पुल बन्यो, वागमतीमा अनिश्चित

धोवीखोला पुल बन्यो, वागमतीमा अनिश्चित

काठमाडौं : अरनिको राजमार्ग अन्तर्गतको माइतीघर–तीनकुने सडक खण्ड ६ लेनको छ। सडक चौडा भए पनि यो सडक खण्डमा पर्ने दुई नदी वागमती र धोविखोलाका पुल साँघुरा थिए। चौडा सडक अनुरूप पुल निर्माण गर्ने योजना अनुरुप सडक विभाग काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले दुई स्थानमा नयाँ प्रविधिको नेटवर्क आर्क ब्रिज निर्माण गर्ने योजना अघि बढायो।

सोही योजनाअनुरूप आयोजनाले २०७१ साल पुसमा बिजुली बजारको धोवीखोला र तीनकुनेको वागमती पुलमा नेटवर्क आर्क ब्रिज निर्माण गर्न ठेक्का लगाएको थियो। यी पुल डिजाइन एन्ड बिल्ड मोडालिटी निर्माण व्यवसायीले नै डिजाइन र निर्माण गर्नेगरी ठेक्का लगाइएको हो।

धोवीखोलामा पुल निर्माण गर्न जेई कन्स्ट्रक्सनले १२ करोड ८१ लाख ४८ हजार रुपैयाँ र वागमती खोलामा पुल निर्माण गर्न २१ करोड ३३ हजार रुपैयाँमा पप्पु कन्स्ट्रक्सले ठेक्का पाएको थियो। यी दुई पुलमध्ये धोवीखोला पुल करिब निर्माण सम्पन्न भइसकेको छ। यो पुलबाट सवारीसाधन गुड्न सुरु गरिसकेको छ। धोवीखोला पुल रङरोगन र बत्ती राख्न मात्र बाँकी छ। जेई कन्स्ट्रक्सनका संयोजक ललितधोज खड्काका अनुसार चैतसम्म रङ र बत्तीको काम सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिनेछ। यस विषयमा सडक विभागसँग विभिन्न चरणमा छलफल भइरहेको उनले बताए।

यता वागमती पुल भने कहिले सम्पन्न हुने हो भन्ने अन्योल कायम रहेको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटा बताउँछन्। जेठमा पुल निर्माणका क्रममा भएको ढिलासुस्ती हुनुको कारण खोज्न संसद्को विकास तथा प्रविधि समितिका प्रतिनिधिले स्थलगत अनुगमन पनि गरेका थिए। समितिले पुल छिटो निर्माण गर्न आवश्यक प्रक्रिया अघि बढाउन सडक विभागलाई निर्देशन दिएको थियो। निर्माण कम्पनीले वागमतीमा ८६ मिटर लामो पुल निर्माण गर्नुपर्ने थियो।

पुलमा १६ वटा २९.५ मिटरको पायल्स निर्माण गरेर पुल बनाउनुपर्ने डिजाइनमा उल्लेख थियो। तर, एउटा पायल्स १४.५ मिटरको मात्र र दुईवटा पायल्स चर्किएको भेटिएपछि आयोजनाले काम रोक्न निर्देशन दिएको थियो। तर, ठेकेदारले जबरजस्ती क्याब, सबस्ट्रक्चर र स्ट्रक्चरको काम अघि बढाएको थियो। ठेकेदारको हेपाहा प्रवृत्ति र डिजाइनअनुसार निर्माण अघि नबढाएको, काममा लापर्बाही गरेकाले वागमती पुलको ठेक्का मंसिरमा तोडिसकिएको छ। ठेकेदारले २५ प्रतिशत काम सम्पन्न गरेको दाबीसहित तीन करोड ८६ लाख १६ हजार रुपैयाँ भुक्तानी बुझिसकेको छ।

आयोजनाले धरौटी रकम जफत गर्ने गरी ठेक्का तोड्ने प्रक्रिया अघि बढाएसँगै ठेकेदार अदालत गएको थियो। अदालतले ठेकेदारको उजुरीको सम्बन्धमा ठोस निर्णय गरेको छैन। अदालतको निर्णय सडक विभागको पक्षमा हुने अनुमानसहित पुलको पुन ठेक्का प्रक्रियाको तयारी सुरु गरिसकिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ फागुन ५ गतेदेखि २०७९ फागुन ४ गतेसम्मका लागि कालोसूचीमा राखिसकेको छ। कार्यालयले वागमती पुलमा लापर्बाही र ढिला सुस्ती गरेको आरोपमा पप्पुलाई कालोसूचीमा राखेको हो।

नेटवर्क आर्क

‘नेटवर्क आर्क’ पुल नेपालका लागि नौलो प्रविधि हो। आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि फरक हुन्छ। नेपालमा प्रयोगमा रहेका पुल पिलरमाथि निर्माण भएका छन्। नेटवर्क आर्कमा पिलर हुँदैन। पिलर नहुनाले पनि ‘अब्युटमेन्ट’का आधारमा पुलको वारपार आर्क (धनुष) फिक्सिङ गरिन्छ। र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ। आर्कलाई पनि क्रस ढलान गरेर जोडिन्छ। र, केबल प्रयोग गरेर लोड व्यवस्थापन गरिन्छ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ। आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ। पुलमा गाडी गुड्दा त्यसको भार केवल नेटवर्कमार्फत आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ। पुलको सम्पूर्ण भारलाई आर्कले थेग्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.