बनेपा र धुलिखेलमा आइसोलेसन कक्ष
काभ्रे : विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड–१९ को जोखिको तयारीका लागि काभ्रे जिल्लाका दुई अस्पतालमा आइसोलेसन कक्ष तयार गरिएको छ। काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा आइसोलेसन कक्ष स्थापन गरिएका हो। भाइरसबाट प्रभावित भइ आकस्मिक रुपमा बिरामी आएमा तत्काल उपचार गराउनका लागि आइसोलेसन कक्ष तयार गरिएको अस्पतालले जनाएको छ।
बनेपास्थित शिरमेमोरियल अस्पतालमा आइसोलेसन कक्षमा ५ वटा वेडसहित आवश्यक व्यवस्थापन गरिएको अस्पतालका आकास्मिक कक्ष प्राविधिक आनन्दप्रसाद दाहालले बताए। ‘हामीले अस्पतालको अरु विभाग भन्दा अलगै आइसोलेसन कक्ष स्थापना गरी आउने बाटो समेत छुटै गरेका छौँ’ दाहालले भने– उपचार गर्ने स्वास्थ्यकर्मीको लागि समेत तयारी अवस्थामा राखिएको छ’ आइतबारदेखि अस्ताल आउने हरुको बाहिरी प्रवेशद्धारमा नै ज्वरो नापेर मात्रै प्रवेश गर्ने व्यवस्था गर्दै आएको अस्पतालले जनाएको छ ।
सामान्य भन्दा बढी ज्वरो आएको पाइएमा छुट्टै निगरानी कक्षमा राखीसल्लाह सुझाव दिएर अवस्था अनुसार चेकजाँजका लागि पठाउने तयारी भएको धुलिखेल अस्पतालले जनाएको छ । घाँटी र र्याल जाँचका लागि अस्पतालमा उपकरण नभएकोले त्यस्तो लक्षण देखिएका बिरामीहरुलाई परीक्षण गर्न टेकुमा पठाउने गरेको अस्पतालले जानकारी दिएको छ।
धुलिखेल अस्पतालको मुल गेटमा स्वास्थ्य चेक गर्दै स्वास्थ्यकर्मीहरु । तस्बिर : रोजन तमाङ
शंका लागेर आफैँ जाँच्न आउनेहरुलाई के कस्तो लक्षणहरु छन् र कस्तो अवस्थामा छ भनी सोधपुछपछि घरैमा छुट्टै क्यारेनटाइनमा बस्न र त्यसरी बसेकालाई के कस्तो छ ? भनी अस्पतालको हटलाइनबाट नै फोन गरेर बुझ्ने काम भइरहेको अस्पतालले जानकारी दिएको छ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार धुलिखेल अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा छ । त्यैसैगरी नमोबुद्ध नगरपालिकाको नौविसेमा रहेको मेथिनकोट अस्पतालमा र पाँचखाल नगरपालिकको दुलालथोकमा रहेको पाँचखाल प्राथमिक उपचार केन्द्रमा ५÷५ बेडको आइसोलेसन कक्ष स्थापना गर्ने तयारीमा रहेको बताए।
आइसोलेसन कक्षका लागि चाहिने सामग्री जुटाउने काम भइरहेको डाक्टर झाले जानकारी दिए ।
सेनाले निर्माण गरे क्वारेन्टाइन स्थल
काभ्रेको धुलिखेलमा रहेको विष्णु दल गणका नेपाली सेनाले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण गरिको छ। गणका गणपति सुवास खड्काका अनुसार गणभित्र नै नमुनाका रुपमा सयवटा बेड तयार गरेको र जिल्ला विपत व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र अन्य सामग्री जुटाएर व्यवस्थापनमा जुटेको गणपति खड्काले जानकारी दिए। आपतकालिन अवस्था आइपरेको खण्डमा एक सय जनाको लागि व्यवस्थापन गर्न सकिने गरी तयारीमा रहेको विष्णु दल गणले जनाएको छ ।