कोरोना त्रास : रातारात भित्रिए नेपाली

कोरोना त्रास : रातारात भित्रिए नेपाली

धनगढी : नेपाल- भारत सीमा नाका बन्द हुने भनेपछि कैलालीको गौरीफन्टा नाकाबाट रातारात नेपालीहरु भित्रिएका छन् । कोरोना भाइरस फैलिन नदिन भारत सरकारले आइतबार बिहान ७ बजे देखि बेलुकी ९ बजेसम्म सीमानाका बन्द गरेको हो । 

शनिबार राति १२ बजेदेखि बिहान ७ बजेको तथ्यांक अनुसार गौरीफन्टा नाकाबाट २७ सय बढी व्यक्ति नेपाल भित्रिएका छन् । हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाका अनुसार सीमा बन्द हुने डरले रातभर सीमा व्यस्त रह्‍यो । 'बाहिरबाट आउनेका चाप अत्याधिक भएपछि १२ बजे देखि बिहान ७ बजे व्यस्त भयो,' उनले भने,' अहिले भने कसैलाई पनि आवतजावत गर्न दिएको छैन ।'

सीमा नाका बन्द भएपछि बाटोमा आइरहेका गाडी नाकामै थन्किएका छन् ।शनिबार हुलका हुल आएका नेपाली नाका बन्द भएपछि सुनसान भनेको छ । नजिकैको बजारमा सामान किन्नेलाई समेत जान दिएको छैन् । सीमामा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मी चेकजाँचमा  खटिएका छन्। 

कोरोनाको संक्रमण फैलिन नदिने सीमामा नै हात धुने पानीको समेत व्यवस्था गरेको छ । सुदूरपश्चिमको महत्वपूर्ण विसु पर्व जनिक आइरहेका बेला रोजगारको सिलसिलामा भारत गएका यतिखेर फर्किने समय पनि भएकाले सीमानाकामा चाप बढेको हो ।

भारतबाट आउने व्यक्तिको संख्या धेरै भएपछि धनगढी बसपार्कमा पनि चाप बढेको छ । बसमा टिकट पनि सहजै पाउने अवस्था छैन । 'एक बजे राति धनगढी पुगेको हुँ,' भारतबाट आएका डोटी सिलगढी घर भएका मोहन विष्टले भने,'टिकट काउन्टरमा सोधपुछ गर्दा टिकट छैन भन्ने जवाफ आएपछि बाहिर बाट महँगोमा गाडी रिर्जभ गर्ने तयारी भएको छ ।'

गाडी नभएपछि ५ सय लाग्ने टिकटको १४ सय रुपैयाँ तिर्न यात्रुहरु तयार भएका छन् । सरकारले चैत १० गते देखि लामो दूरीका यातायात बन्द हुने भनेपछि जनमानसमा झनै त्रास छ । 'काउन्टरमा टिकट छैन भनेपछि ५ सय लाग्ने डोटी सिलगढीको भाडा १४ सय तिर्नु पर्‍यो,' डोटी सिलगढीकै पूर्णबहादुर विष्टले भने, 'भोलिदेखि गाडी बन्द हुने भनेपछि महँगो भाडा तिरेर भए पनि घर पुग्नु छ ।'

शनिबार नियमित रुटबाहेक थप गाडी पहाडमा पठाएपछि टिकटको समस्या भएको बस काउन्टरमा टिकट दिने मोती कान्त उपाध्यायाल बताए । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जाने यात्रुहरुको चाप अत्याधिक भएपछि राजमार्ग जाम भएको प्रहरीले जानकारी दिएको छ ।

सीमा बन्द भएपछि सुनसान भनेको गोरीफण्टा नाका ।तस्बिर : कैलाश जोशी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.