तिनपाटनका दुईस्थानमा हेल्पडेक्स
सिन्धुली : सिन्धुलीको तिनपाटनमा दुईवटा हेल्प डेक्स स्थापना गरिएको छ । कोरोना भाइरसको संभावित संक्रमणबाट जोगिन हेल्प डेक्सको स्थापना गरिएको हो । लाम्पन्टार बहुमुखी क्याम्पसमा र चकमके बजारमा हेल्प डेस्क स्थापना गरेको हो ।गाउँपालिका भित्र कोरोनाको संक्रमण भित्रन नदिनका लागि गाउँपालिकामा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणका लागि दुईवटा हेल्प डेक्स स्थापना गरिएको उक्त गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए ।
'गाउँपालिकाले हेल्प डेस्क स्थापना गरी सर्वसाधरणमा सचेत गाराउने काम गरेको छ । यहाँ आउने सबैको स्वास्थ्य परीक्षण तथा ज्वरो जाँच गर्ने व्यवस्था मिलाइएको छ,'थापाले भने । गाउँपलिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अत्यावश्यक बाहेक अवस्थाबाहेक बिदामा नबस्न पनि निर्देशन दिइएको उनले बताए।
गाउँपालिकाले चकमके बजारमा शुक्रबार लाग्दै आएको हाटलाई पनि चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । उता बजारमा मास्कको अभाव हुन नदिन स्थानीय स्तरमै मास्क उत्पादन गर्ने चकमके उधोग बाणिज्य संघका अध्यक्ष मुकुन्द तिमल्सिनाले बताए।