व्यापार-व्यवसाय चैत २१ सम्म बन्द

व्यापार-व्यवसाय  चैत २१ सम्म बन्द

काठमाडौं :  कोभिड : १९ को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार संघले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ ।  संघको आइतबार बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा  फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो । 

संघका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकाले संघले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए।'व्यापार संघमा आवद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौँ, उनले भने।

अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्री वितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताए। बैठकले कोभिड-१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा ठूलो धक्‍का लागेकाले बैंक तथा वित्तीय क्षेत्रलाई व्याजदर र घरधनीलाई घरभाडामा विशेष सहुलियत दिन माग समेत गरेको छ । 

२०४७ मा स्थापित संघमा हाल झण्डै एक हजार व्यवसायी आबद्ध छन् । नागढुंगामा 'हेल्थ डेस्क' स्थापना कोभिड-१९ को सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौं उपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुङ्गामा सहायता कक्ष स्थापना गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आइतबार बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरे। नागढुंगामा स्वास्थ्य सहायता कक्ष स्थापनासँगै काठमाडौं उपत्यका भित्रिने सवारी साधनका चालक, सहचालक तथा यात्रुको जाँचमा सहयोग पुग्ने भएको छ ।

नगरपालिकाका प्रमुख गिरीले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाको प्रमुख नाका नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताए।'सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायतका विभिन्न रोग परीक्षणका लागि स्वास्थ्य सहायता कक्षमा सहयोग पुग्नेछ,' उनले भने।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कक्ष स्थापनासँगै चार समूह बनाएर २४ सै घण्टा यात्रु, चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिने बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले कक्षको स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताए। चन्द्रागिरिले स्वास्थ्य सहायता कक्षमा बस्नका लागि १५ स्वास्थ्यकर्मीसमेत परिचालन गरिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.