ट्याक्टर पल्टिएर १ जनाको मृत्यु

ट्याक्टर पल्टिएर १ जनाको मृत्यु

मलंगवा : सर्लाहीको चक्रघट्टा गाउँपालिका ८ औरहीमा ट्याक्टरले किचिएर एक युवकको मृत्यु भएको छ । सोही गाउँका परमेश्वर राउतका ३० वर्षीय छोरा शिवजी राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

ज.१.त १६९१ नम्बरको ट्याक्टर वडा नं. ७ सगरदिनाबाट माटो झारेर औरहीतर्फ आउँदै थियो । बाटोमा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार राउतको मृत्यु भएको हो । उनी ट्याक्टरमा माटो लोड गर्ने काम गर्थे । बागमती सिंचाइ आयोजनाको नहरको बाटोमा ट्याक्टर पल्टिँदा किचिएर घटना स्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए । 

ट्याक्टर राउत आफैँले चलाएका थिए कि चालक अर्कै थियो त्यो खुल्न नसकेको नायव उपरीक्षक कुवँरले बताए ।  घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.