बालुवाटारमा मन्‍त्रिपरिषद्को बैठक

बालुवाटारमा मन्‍त्रिपरिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ। अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। 

फागुन २१ गते प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो। 

बैठकमा कोरोना (कोभिड १९) संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामका विषयमा छलफल हुँदैछ। सरकारले कोरोना नियन्त्रणका लागि विशेष निर्णय गर्ने तयारी गरेको छ। 

मन्त्रिपरिषद् बैठकमा सहभागी प्रधानमन्त्रीबाहेक सबै मन्त्रीले मास्क लगाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.