वीरगन्जमा एकजना कोरोना संक्रमित भएको भन्दै सांसदले फेसबुकमा लेखेपछि..

वीरगन्जमा एकजना कोरोना संक्रमित भएको भन्दै सांसदले फेसबुकमा लेखेपछि..

वीरगन्ज : वीरगन्जका एक औद्योगिक घरानाका व्यक्तिलाई कोरोना (कोभिड-१९) भाइरसको संक्रमण भएको कुरा सार्वजनिक भएको छ। 

रुङगटा ग्रुपका सदस्य वीरगन्ज १० आदर्शनगर निवासी ६७ वर्षीय शिवकुमार रुङगटा कोरोना भाइरसबाट  संक्रमित भएको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आइतबार साँझ आफ्नो आधिकारीक फेसबुक पेजमा पोष्ट गरेका हुन्। 

कोरोना संक्रमित भनिएका रुङगटालाई भारत बिहार पटनाको पीएमसीएच अस्पतालकै आइसोलेसन वार्डमा राखिएको पनि यादवले पोष्टमा लेखेका छन्। 

‘१२ दिन पहिले आफन्तको वैवाहिक समारोहमा कोलकत्ता गएका रुङगटा, त्यहाबाट दिल्ली गएका थिए’, उनको अन्नपूर्णसँगकाे कुराकानीमा भने , ‘दिल्लीबाट साता दिन पहिले वीरगन्जस्थित घर फर्किएका रुङगटा अचानक बिरामी परेपछि उपचारका लागि ४ दिन पहिले बिहारको पटना गएका थिए।’ 

पटनाको अस्पतालले कोरोनाको आंशका लागेर भर्ना गर्न नमानेपछि आफूले नै फोनमार्फत भारतीय जनता पार्टीका नेतालाई भनसुन गरेपछि रुङगटालाई पटनाको पिएमसीएच अस्पतालले भर्ना गरेको यादवले बताएका छन्।

पिएमसिएच अस्पतालमा उपचारका क्रममा  रुङगटालाई कोभिड-१९ कोरोना भाइरस लागेको पुष्टि आइतबार भएको जानकारी रुङगटाका भाइ सुरेश रुङगटाले आफूलाई गराएको यादवले अन्नपूर्ण पोष्टसँगको कुराकानीमा बताए। चिकित्सकले भने यसलाई पुष्टि गरिसकेका छैनन्। 

‘रुंगटा परिवारसँग मेरो एकदमै निकटको सम्बन्ध छ’, यादवले भने, ‘भाइ सुरेशले जानकारी गराएपछि मात्रै फेसबुक पोष्टमा मैले सार्वजनिक गरेको हुँ।’   

‘कोरोना लागेको चिकित्सकले पुष्टि गरेपछि रुङगटालाई पिएमसिएच अस्पतालकै आइसोलेसन वार्डमा राखिएको छ’, यादवले भने, ‘परिवारका अन्य सदस्य पनि वीरगन्जस्थित आफ्नै घरको आइसोलेसनमा छन्।’

यस विषयमा रुङगटाका भाइ सुरेशले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई पनि औपचारिक जानकारी गराइसकेको यादवले जानकारी दिए। 

ग्रिनी सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले पनि रुङगटालाई कोरोना लागेको खबर सत्य रहेको बताए। 

‘यो खबर सत्य हो, वीरगन्जस्थित घरका सबै सदस्यलाई साँझदेखि घरभित्रै बस्न भनिसकेका छौँ’, उनले भने, ‘घरमा उनका श्रीमतीसहित परिवार ८÷१० जना सदस्य छन्। उनीहरु सबै आफ्नै घरभित्र आइसोलेसनमा बसेका छन्।’ 

कांग्रेस नेता अनिल रुङगटाले पनि भारतको दिल्लीबाट वीरगन्ज फर्किएपछि बिरामी परेका शिवकुमार रुङगटा वीरगन्ज हुँदा नै उनमा कोरोनाको लक्षण देखिएपछि उपचारका लागि ४ दिन पहिले पटना गएको बताए। 

‘पछिल्लो खबर अनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ’, अनिल रुङगटाले भने ,‘अरु थप जानकारी लिने प्रयास गरिरहेको छु।’ 

 यसअघि वीरगन्ज नाकामा आइतबार दिउँसो भारतबाट नेपाल प्रवेश गरिरहेका ३ जना नेपालीको चेकजाँच गर्दा शरीरको तापक्रम असमान्य भेटिएपछि उनीहरुलाई स्वास्थ्यकर्मी र सुरक्षकर्मीले केही समय नाकाकै हेल्थ डेस्कमा राखेका थिए। 

हेल्थ डेस्कमा केही समय राखेर पुन तापक्रम चेकजाँच गर्दा सामान्य देखिएपछि उनीहरुलाई घर पठाइएको वीरगन्ज महानगरका नगरप्रमुख विजय सरावगीले बताए। 

नेपाली सेनाको चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणाले पनि नाकाको हेल्थ डेस्कमा आइतबार चेकजाँचका क्रममा ३ जनाको शरीरको तापक्रम बढी देखिएपछि केही समय टेण्टमा राखेर तापक्रम घटेपछि घर पठाएको जानकारी दिए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.